शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • २४ घन्टामा ४४ सय ९९ जनामा कोरोना संक्रमण, १७ को मृत्यु

२४ घन्टामा ४४ सय ९९ जनामा कोरोना संक्रमण, १७ को मृत्यु

  • शुक्रबार, कार्तिक ७, २०७७
२४ घन्टामा ४४ सय ९९ जनामा कोरोना संक्रमण, १७ को मृत्यु

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। पछिल्लो २४ घण्टामा ४४ सय ९९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

४६ हजार ६९१ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा बस्नेको संख्या ४६ हजार ६९१ जना छन् भने क्वारेन्टाइनमा ३ हजार ५९० जना रहेका छन्।
मन्त्रालयका अनुसार शुक्रबार २६ सय ६८ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ।

नेपालमा हलासम्म कोरोनाबाट ८२९ जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

अन्नपूर्ण पोस्ट बाट साभार

चर्चामा

सम्बन्धित समाचार