शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आउँछन जान्छन मेला पर्व कस्को के आश भयो

आउँछन जान्छन मेला पर्व कस्को के आश भयो

  • शुक्रबार, कार्तिक ७, २०७७
आउँछन जान्छन मेला पर्व कस्को के आश भयो

आउँछन जान्छन मेला पर्व कस्को के आश भयो,
गरिबहरुको जिन्दगानि दुःखै दुःखको रास भयो।

कसरी खुसि मनाउँछन बे-घर भएका बटुवाहरु ले,
जस्को जन्मेदेखि देशलाई छाडी बाहिरै बाश भयो।

कोही हेर्छौ उँट भेडा खाडिमा कोई सिमाना मा छौँ
पौरखी ज्यामि पर्देश सदै जवानी सत्या नाश भयो।

जँहा भयपनि संसारमा मनको कुनामा परमपरा छ,
आज गरीबहरु लाई बाल बच्चा पाल्नै खाश भयो।

भन्छन कस्ले भन्यो तीमिलाई बिदेश मा गयौ किन,
देश भित्र रोजगार को गफ मात्र आज बताश भयो।

जस्को नाता गोता पुग्छन सरकार भित्र उस्कै चल्छ,
गरीबहरुको ईष्ट मित्र भन्नु त दुखः पिडा पास भयो।

शुब कामना आदान प्रदान देखेर सोसिल मिडियामै,
हामिलाई पनि दसै र तिहार आएको आभाश भयो।

आफन्तिको यसरी शुभ कामना का कोसेली पाउँदा,
आफ्नै तर्फ बाट नि शुभ कामना दिने साहाश भयो।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार