बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खप्तड छेडेदह
  • आटीचौरमा कार्तिक १३ देखि छेडेदह कप फुटबल प्रतियोगिता हुने, प्रथम पुरस्कार डेढ लाख

आटीचौरमा कार्तिक १३ देखि छेडेदह कप फुटबल प्रतियोगिता हुने, प्रथम पुरस्कार डेढ लाख

  • बुधबार, कार्तिक ५, २०७७
आटीचौरमा कार्तिक १३ देखि छेडेदह कप फुटबल प्रतियोगिता हुने, प्रथम पुरस्कार डेढ लाख

: जिल्लाकै सर्वाधिक धनराशीको छेडेदह कप फुटबल प्रतियोगिता २०७७ आयोजना हुने भएको छ । कात्तिक १३ गतेदेखि १८ गतेसम्म खप्तड छेडेदह गाउँपालिका स्थित दशरथ माविको खेल मैदान आटीचौरमा प्रतियोगिता हुन लागेको हो ।

छेडेदह स्पोट्र्स क्लब आटीचौरको आयोजनामा प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । खेल सञ्चालनको औपचारिक जानकारी र मिति सञ्चार माध्यमबाट जानकारी गराइएको छ ।

प्रतियोगितामा विजेताले १ लाख ५५ हजार, ५ सय ५५ रुपैया नगद सहीत प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ । भने उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैया सहीत प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् । खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने क्लबका सचिव लक्ष्मण ओलीले बताएका छन्

खेल क्षेत्रको विकास र खेल प्रति युवा आकर्षण बढाउन क्लबले अघिल्लो वर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको छ । एन्फाकै रेफ्रीद्धारा खेलाइने खेलमा २५ देखि ३० टिमको सहभागिता हुने आयोजकले अनुमान गरेको छ ।

आटीचौरलाई पर्यटकीय र खेल नगरीको रुपमा विकास गर्न क्लबले हरेक वर्ष अनिवार्य खेलकुदका गतिविधी सञ्चालन उदेश्य सहीत यो वर्ष पनि निरन्तरता दिन लागेको क्लबका सचिव लक्ष्मण ओलीले बताएका छन् ।

खेलकुदले सानो उपत्यका सहीतको सुन्दर नगरी आटीचौरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन र कुडीकोट दरबारको प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको खप्तड छेडेदह गाउँपालिका ७ का वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् ।

कात्र्तिक १२ गते दिनको ५ बजेभित्र टिम दर्ता गराइ सक्नु पर्ने र १३ गते विहान १० बजे भित्र टिम दशरथ मावि खेल मैदान आटीचौरमा उपस्थित भइसक्नु पर्ने छ भने एक टिममा कोच मेनेजर सहीत १८ जना मात्र खेलाडी सहभागि गराउनु पाउने छन् ।

फोटो सहीतको फारम अनिवार्य भरेर टिममा सहभागि खेलाडीको नागरिकता वा परिचय खुल्ने परिचय पत्र अनिवार्य राख्नु पर्ने र कोरोनाका कारण जिल्ला बाहिरको टिमले भाग लिन नपाउने नियम निर्णय समिति क्लबका सल्लाहकार गणेश थापाले बताएका छन् ।

टिममा जिल्ला भित्रकै खेलाडी समावेश गराउनु पर्ने छ, भने टिम दर्ता शुल्क ७ हजार र थप धरौटी शुल्क ३ हजार लाग्ने पनि क्लबले जानकारी गराएको छ । राष्ट्रिय खेलकुद परिषद्कै सदस्यको सहभागिता रहने खेलमा ५ सय बढी खेला सहभागि हुने अनुमान गरिएको छ ।

मास्क अनिवार्य गराईएको खेलमा सेनिटाइजर र सुरक्षा सामाग्रीको व्यवस्थापन समेत गरिने क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । विजया दशमीको पछिल्लो दिन आटीचौरमा खेल हुन्छ र खेलकुदको नगरीकै रुपमा विकास गर्ने गरी छेडेदह स्पोट्स क्लबले उदेश्य अघि सारेको छ । छेडेदह स्पोट्र्स क्लब जिल्ला प्रशासनमा दर्ता हुने पनि जिल्लाको पहिलो क्लब हो ।

चर्चामा

सम्बन्धित समाचार