बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सबैलाई दँसै आयो तिहार पनि आयो (गजल)

सबैलाई दँसै आयो तिहार पनि आयो (गजल)

  • बुधबार, कार्तिक ५, २०७७
सबैलाई दँसै आयो तिहार पनि आयो (गजल)

सबैलाई दँसै आयो तिहार पनि आयो,
गरिब लाई रिणको झमार पनि आयो।

काम-दाम छैन के खाम केलाम भा छ,
हाम्रो खुसि काट्ने औजार पनि आयो।

घर कुरेर बसेकाछन फर्किएन परदेशी,
बरु देश लाई बेचने गद्धार पनि आयो।

नाना फाटो भोकै पेट रुन्छन बच्चाहरु,
साहुको रिणमा झनै उभार पनि आयो।

अबत मेलापर्वहरु धनमानका भएछन,
गिफ्ट सुन चाँदीका सिङ्गार पनि आयो।

गरिबलाई घाँस दाउरा भरीया बनाएर,
नेतालाई दँसैमा नयाँ कार पनि आयो।

अब फेरी दशैपर्वकै रुपमा गरीब रुन्छ,
किन फेरी पसिनामै ब्यपार पनि आयो।
सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार