मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराका बाढि पिडीतलाई रेडक्रसद्धारा राहत साम्रगी बितरण

बाजुराका बाढि पिडीतलाई रेडक्रसद्धारा राहत साम्रगी बितरण

  • आइतवार, कार्तिक २, २०७७
बाजुराका बाढि पिडीतलाई रेडक्रसद्धारा राहत साम्रगी बितरण

बाजुरा — नेपाल रेडक्रस सोसाइटी बाजुराले बाजुराका बिभिन्न ठाउँका बाढि पहिरो पिडीतहरुलाई राहत साम्रगी बितरण गरिएको छ । साउन र भदौमा आएको बाढि र पहिरोमा परी समस्यामा परेका त्रिबेणी बुढिगंगा नगरपालिका र गौमुल गाउँपालिकाका पिडीतहरुलाई राहत साम्रगी बितरण गरिएको हो ।
शनिबार एक कार्यक्रमको आयोजना गरि त्रिबेणी नगरपालिका र बुढिगंगा नगरपालिकाका बाढि पिडीतहरुलाई राहत साम्रगी बितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापती रमबहादुर शाहीले जानकारी दिएका छन । त्यस्तै आज गौमुल गाउँपालिका वडा न १ र २ का ९ परिवार बाढि पहिरो पिडीतहरुलाई राहत साम्रगी बितरण गरिएको सभापती शाहीले बडिमालिका खवरलाई जानकारी दिएका छन ।
त्रिबेणी र बुढीगंगा नगरपालिकाका १३ परिवारलाई प्रतिब्यक्ती रु ५ हजार नगद लगायत अन्य साम्रगी सहयोग गरेको रेडक्रस सोसाईटी बाजुराले जनाएको छ ।
त्यसै गरी त्रिबेणी नगरपालिकाका ४ वटा बिद्यालयहरुमा कोबिट १९ रोकथामका लागि स्वास्थ्य साम्रगी पनी हस्तान्तरण गरिएको जनाएको छ । जसमा त्रिभुवनेश्वरी माबि छतारा, तोलीदेवलडाडा माबि तोली, नरसिहं आधारभुत बिद्यालय र कैलाशेश्वरी माबि गम्थामा सो साम्रगी बितरण गरिएको रेडक्रस बाजुराले जनाएको छ ।
शनिबार राहत तथा साम्रगी बितरण कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापती रम बहादुर शाहीको अध्यक्षतामा फालाशैनमा बितरण गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिहंं रावल रहेका थिए भने बिषिष्ठ अतिथिमा बुढिगंगा नगरपालिकाकी उपप्रमुख तारा खाती थापा, सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी रहेका थिय भने अतिथिहरुमा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्ना, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाअध्यक्ष तुला थापा, उमा कटुवाल, बडिमालिका क्याम्पसका क्याम्पस प्रमुख बिर बहादुर कटुवाल र नेपाल रेडक्रस सोसाइटी बाजुराका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार