शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • दँसै पर्व (लघुकथा)

दँसै पर्व (लघुकथा)

  • आइतवार, कार्तिक २, २०७७
दँसै पर्व  (लघुकथा)
 सुरेशकुमार पान्डे

नमस्कार प्रसाद ज्यू!के गर्न थाल्नु भयो?बिहानै।दिनेशले प्रसाद लाई सोध्छन।नमस्कार दिनेश भाई!आजबाट नौ दुर्गा लाग्यो नी!प्रसादले उत्तर दिन्छन।उन्ले सबै भाँडा-हासी,कोदाली,बन्चरो हलो फालो र साप्ला लगायत सबै एक थाउँमा थुपार्दै थिए।
हामीले परम पराको पालना गर्नै पय्रोनी आज यि सबै भाँडाहरु को पुजा गर्छु!तर त्यो धुप बत्ति बालेर होईन भाँडाहरुको सम्मानमात्रै हो है!भन्दै प्रसादले एक एक गरेर साफ गर्दैछन।हजूर कम्युनिष्ट बिचारधाराको भयर पनि यस्ता रुढीवादी बिचारको अँझै पालना गर्नु हुँदो रैछ!देनिशले ब्याँग्या हान्छ।सवाल कम्युष्टको भन्दा पनि हामिले बर्ष भरी प्रयोग गरेको साधनको बर्षमा एकचोटी सम्मान गर्नू लाई नराम्रो भन्न त मिल्दैन!त्यै पनि गर्नै पर्छ भन्ने चाही होईन।यो पनि मज्दूर किसान हरुले प्रयोग गर्ने चिज हुँन!प्रसादले सटिक उत्तर दिन्छन।हो हजूर बिना हाडको जिब्रो जता लगेपनि जान्छ!भन्दै दिनेश त्यँहा बाट निक्लिन्छ।
एकछिन पछि ठुलाघरे साँईला टुप्लुक्कैआई पुग्छन।उन्को हातमा तुलो थियो।के गर्दैछौ प्रसाद?दुर्गा पुजा गर्दै छौ क्याहो कम्युनिष्ट भयर!भन्दै बारीको आँठामा थँचक्कै बसे।हजूर दुर्गा भन्दा पनि मैले त्यो बर्षदिन सम्म प्रयोग गरेका औजार हरुको पुजा गर्दै छुँ हजूर!भन्छ।खै यो रुढीवादीमा आयो वा वैज्ञानिकमा त्यो भने हजूरहरुले छुट्याउँनु होला!भन्दै उन्ले साईला लाई कता हिँड्नु भयो त हजूर हातमा तूलोछ!भनेर सोध्छन।
केहिदिन पहिले खशि काटेका थिए मेरै तल्ला घरेका घरबाट तुलो मगाएको त्यही लग्दिन पय्रो भनेर हिँडेको!फेरी अष्टमिका दिन त्यँही खसि काट्ने कुराछन फेरी त्यँहा पनि त चाहिनेहोला नी तुलो त!भन्दै तुला तिर हेर्छ।तपाँईले त मासु खानु गलतहो भनेर लेख्दै आउँनु भयको छ हजूरले त अबस्य पनि खानु हुँदैन होला?खान्न भन्छु गर्वै देखुन खाँदै आएको बानी झ्यास्सै छोड्न गारो हुँन्छ!भनेर उपनि बाटा लाग्छ।
केही दिन पहिले साईलाले जिव जन्तु हत्या गर्नु भनेको पाप हो हामीले दँशै मा बोका खसी केही पनि काट्न हुँदैन अब बलि प्रथालाई समाज बाट हटाउँनु पर्छ भन्थे अनि एउटा लामू लेख पनि कुनै अखबारमा आएको थियो।भाषन कुरा त खुबै राम्रा गर्छन उन्ले!पहेल आफैबाट त्यो आफुले भनेको ब्यबहार लाई अप्नाउँनु पर्छनी होईनर?प्रसादले सिता सँग भन्छन।मान्छेहरुको भित्र मानवता वादी ब्यबहार लाई बलियो रुपमा पक्डेर जानु पर्छ एकथोक भन्छन अर्को थोक गर्छन मान्छेहरु!भन्दै सिता पनी आफ्नो काम तर्फ ब्यास्थ हुँन्छिन।सिता प्रसादकी जिवन साथी हुँन।
एकै छिन मौन रहेर आ-आफ्नै काम गर्छन।प्रसादको घर बाटैमा भयकोले आउँने जाने मान्छे कोई न कोई प्रसाद लाई आगनमा देखेपछि बोलाएरै जान्थे प्रसाद कम्युनिष्ट पार्टीको नेता थियो।त्यसै त त्यो गाउँमा सबैले आफुलाई कम्युनिष्ट भन्थे।
होईन दँसै आयो दाई?रामे आगनमै आएर बोल्छ।आयो भन्छन!प्रसादले रामे तिर नहेरी आफ्नै काममा ध्यान दिदै भन्छन।अनि दँसै कसरी मनाउँने हो?हामीले त्यही सोध्न आएको मता!रामेले प्रसादलाई सोध्छ।जसरी मनाएपनि भयो मैले भनेपनि न भनेपनि दँसै सबैले आ-आफ्नो तरीकाले मनाउँनेछन।
फेरी पनि भाईले सोधेपछि सुन-धेरै खर्चिलो नगर्ने,आफ्नो परीवारमा माया आदान प्रदान गर्ने गर्नु पर्छ,च्यादर भन्दा बढी खुट्टा पसार्न हुँदैन!प्रसादले भन्छन।हो दाई त्यो त तर दँसैमा गाउँमा राम लिला सुरु गर्दैछन केटा हरु मिलेर त्यसलाई के भन्नुहुँन्छ?हजूरले रामुले प्रश्न गर्छ।त्यो त छिमेकी मुलुकको नक्ल गरेको हो हाम्रो रामलिला मनाउँने परमपरा होईन!प्रसादले भन्छन।विजया दशमी पो बन्छन अनि रामले जितेको भन्दै खुसि मनाउँछन त?हो त्यो छिमेकी मूलुकमा गर्छन त्यस्तो!प्रसादले उत्तर दिन्छन।
हामीहरुले त ठुला बडा बाट आसिर्वाद लिने गर्छौ बर्ष भरीका कमाएका औजारको पुजा गर्छौ,काँक्राको बलि दिन्छौ!त्यो त रुढिवादी प्रमपरानै होनी होईनर?रामेले प्रसादको कुरा बिचैमा काट्छ।हो हामीले गर्दै आएको रुढीवादी हो!यसैलाई कम खर्चिलो गरेर प्रगतिसिल रुप दिने प्रयास गर्नु पर्छ आज!प्रसादले भन्छन।त्यस्तालाई त कन्जुस भन्छन त हिँजो आज!रामे खितिति हाँस्छ।
हो कसैले के भन्छ त्यो भन्दापनि ठिक के गर्दा हुँन्छ त्यो गर्नु पर्छ गाउँमा पिङ हालेकाछन खेल्ने मनोरञ्जन गर्ने राम्रै हो,तर सामाजिक दुरी पनि बनाउन जरुरी छ!प्रसादले भन्छन। अहिले कोरोनाले गर्दा पिङ डाँडा पनि रित्तो हुँने भयो!यतिबेर कुरा सुन्दै बसेकी सिताले भन्छिन।
कसैले आफ्नो छोराको नाम मार्क्स राख्दा बित्तिकै मार्क्स बन्दैन,कसैले शिब राख्दा बित्तिकै त्यो आध्यात्मक वादी बन्दैन!उनिहरुको आ-आफ्नै बिचार हुन्छन।दँसैपनि एउटा सामाजिक परमपरा हो यस्लाई सके सम्म कम खर्चिलो गर्ने गर्नु पर्छ रुढीवादी बिचारलाई अन्धानुकर्ण नगर्ने बानी राम्रो हो रामु!प्रसादले भन्छन।हो दाई तर नराम्रो बानी ब्यबहारलाई छाडेर राम्रो अप्नाउँनु पनि त सच्चाईको जीत होनी होईनर दाई?हो भाई प्रसादको उत्तर आएपछि रामु पनि बाटा लाग्न थाल्छ दाई मैले आज देखि बिडि सिक्रेट छाड्छु कसोहोला?धेरै राम्रो हुन्छ भोली बाट ध्रूम पान गरेको देख्न नपरुस मेरो शुभ कामनाछ !भन्दै प्रसाद पनि काम मा लाग्छन।१८-१०-२०२०,(कथा काल्पनिकहो यसका पात्र र कसैको जिवन सँग मिल्न गयो भने सञ्जोग मात्र हुँनेछ)

चर्चामा

सम्बन्धित समाचार