बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाज
  • बलात्कार मुद्दामा फरार अभियुक्त २० वर्षपछि पक्राउ

बलात्कार मुद्दामा फरार अभियुक्त २० वर्षपछि पक्राउ

  • बुधबार, अशोज २८, २०७७
बलात्कार मुद्दामा फरार अभियुक्त २० वर्षपछि पक्राउ

बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयरपुरले त्रियुगा नगरपालिका–११ घर भएका ४८ बर्षिय राम सेवक चौधरी उर्फ शेक्पा लाई पक्राउ गरेको हो ।
दशैं–तिहारको अवसरमा गाउँमा आएको सुराकको आधारमा राम सेवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता (डिएसपी) बेदप्रसाद गौतमले रातोपाटीलाई बताए ।

बुधवार पक्राउ गरिएका राम सेवकलाई उदयपुर जिल्ला अदालतले ३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फरार प्रतिवादी पक्राउ गर्ने योजनाअनुसार जिल्ला प्रहरी कार्यालय उदयरपुरको टोलीले उनलाई उदयपुरगढी–१ बाहुनीटारबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनका लागी शेक्पालाई जिल्ला अदालत उदयपुरमा उपस्थित गराईएको छ ।

चर्चामा

सम्बन्धित समाचार