बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • ट्राफिक ब्यबस्थापन तथा सवारी दुर्घटना न्यूनिकरण समन्वय समिति गठन

ट्राफिक ब्यबस्थापन तथा सवारी दुर्घटना न्यूनिकरण समन्वय समिति गठन

  • बुधबार, अशोज २८, २०७७
ट्राफिक ब्यबस्थापन तथा सवारी दुर्घटना न्यूनिकरण समन्वय समिति गठन

पदमबहादुर सिंह / बाजुरा २८ असोज– बाजुरा जिल्लामा राजमार्ग ट्राफिक ब्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरण समन्वय समिति गठन गरिएको छ । बडिमालिका नगरपालिकाकी उप मेयर कबिता बिष्ट संयोजक रहने गरि सदस्यहरुमा नेपाल कम्युष्टि पार्टीबाट नरेन्द्र थापा, नेपाली काँग्रेसबाट धनलाल पाध्याय, उद्योग बागिज्यबाट देबबाहादुर रोकाया जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्ना रहेका छन ।
त्यस्तै जयमालिका यातायात प्रालीबाट प्रेम नाथ, पत्रकारबाट पदम सिंह बजार ब्यबस्थापन समितिबाट चक्र मल्ल र सदस्य सचिब जिल्ला ट्राफिक कार्यालयका तर्फबाट जनक दानी रहने गरी नौ सदस्यी समन्वय समिति गठन गरीएको जिल्ला ट्राफिक कार्यालय बाजुराले जानकारी दिएको छ ।
बाजुराका सडक संजालहरुलाई २४ सै घण्टा सुचारु राख्न समन्वय समितिको महत्वपूर्ण भुमीका रहने बताईएको छ । राजमार्ग तथा ट्राफिक ब्यबस्थापनमा प्रयोग गरिएका श्रोत साधनहरुको सुरक्षा गर्ने कार्यमा समन्वय कर्ताको रुपमा भूमिका निर्बाह गर्ने छ । ट्राफिक प्रहरी जनपद प्रहरी र स्थानिय जनता बिच समन्वय कर्ताको रुपमा सहजिकरण गर्ने छ । सडकमा अब्यबस्थीत तरिकाले पार्कीग गरिएका सवारी साधन , ठेलागाडा, निर्माण सामग्रीहरुको ब्यबस्थापनमा भूमीका निर्बाह लगाएतका कामहरु गर्ने बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार