शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • काँग्रेस नेता पौडेल आइसोलेसनमा

काँग्रेस नेता पौडेल आइसोलेसनमा

  • शनिबार, अशोज २४, २०७७
काँग्रेस नेता पौडेल आइसोलेसनमा

काठमाडौं – नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन्। घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि नेता पौडेल आइसोलेसनमा बसेका हुन् ।

पौडेलले शनिबार विहान ट्वीटरमार्फत् आफू केही दिनका लागि आइसोसेलनमा बसेको जानकारी दिए । तर, आफू र परिवारका सदस्यमा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनले जनाएका छन्। पार्टी कार्यालय सानेपामा १७ गते बसेको पदाधिकारी लगायतका नेताहरुको बैठकमा उपस्थित नेताद्वय अर्जुननरसिंह केसी र गगनकुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएपछि होम आइसोलेशनमा रहेका नेताहरुको पुनः स्वाव संकलन गरिएको थियो ।

पार्टी कार्यालयका मुख्यसचिव, सचिव, कर्मचारी र नेताहरुका सुरक्षाकर्मी, सवारी चालकसहित १५१ जनाको स्वाव संकलन गरिएको थियो।

चर्चामा

सम्बन्धित समाचार