शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • डिप्रेसनसँग हार्ने होइन, हराउनुहोस्

डिप्रेसनसँग हार्ने होइन, हराउनुहोस्

  • बिहिबार, अशोज २२, २०७७
डिप्रेसनसँग हार्ने होइन, हराउनुहोस्

व्यक्ति कहिलेकाहीँ डिप्रेसनको पासोमा आउँछ । त्यसले मान्छेमा उदासीनताको बिउ पनि जगाउने गर्छ । त्यही उदासीनता कहिलेकाहीँ यति धेरै प्रभावशाली हुन्छ कि उसले आफ्नै अस्तित्व शून्य देख्न थाल्छ ।

यही शून्यताले मान्छेलाई मृत्युको मुखमा पु¥याउँछ । आफूलाई अस्तित्वविहीन देखेपछि मान्छेले मृत्युको बाटो समेत अपनाउन सक्छ ।

भनिन्छ, विश्वका दुई तिहाइ मान्छे तनावको चक्रमा छन् । तर कारणहरू फरकफरक हुन सक्छ । जस्तै दैनिक दौडधुपमा हुने प्रतिष्पर्धामा पछाडि पर्नु, परिवारको साथ छोडिनु, आधुनिक जीवनशैलीबाट समस्या हुनु, प्रेम सम्बन्ध आदिबाट पनि मान्छे पीडित हुन सक्छन् ।

कसरी बच्ने उदासीनताबाट ?

–त्यस्ता व्यक्तिलाई मित्र नबनाउनुहोस् जसले तपाईंसँग हीनताबोध हुने कुरा मात्रै गर्छ या आफू पनि त्यस्तो भावना बोक्छ ।

–जतिसक्दो धेरै समय मनमा निराशालाई खेलाएर नराख्नुहोस् । राम्रो मित्र वा छिमेकीसँग कुरा गर्नुहोस्।

–फोनमा कुरा गर्नुहोस्, मनपर्ने संगीत सुन्नुहोस्, एक उपकरण बजाउनुहोस् वा बाहिर हिँड्नुहोस् । आफ्नो दिमाग र विचारहरूलाई अर्को पथमा लैजानुहोस् जहाँ तनाव कम हुने गर्छ ।

–केही रचनात्मक कार्यमा आफूलाई संलग्न गर्नुहोस् । कसैलाई सहयोग गर्नुहोस् त्यस्ता कार्यहरूले आत्मविश्वास बढाउँछ । त्यस्ता भावनाहरूले तनावलाई कम गराउँछ ।

–आफूलाई महसुस गर्न नदिनुहोस् । केही गलत भएको छ भने अफसोस नगर्नुहोस् । हामीले घोडा चढ्ने मान्छेबाट प्रेरणा लिन सकिन्छ । मान्छे घोडाबाट खस्छ तर फेरि पनि माथि उठ्छ र केही समयपछि उसले घोडा चलाउन सिक्छ । त्यसैले डिप्रेसनसम्म आफूलाई पुग्नै दिनुहुँदैन ।

मनोवैज्ञानिकहरू विश्वास गर्छन् कि जीवनको साना उपलब्धिहरूले खुसी रहन र अगाडि बढ्न उत्साह दिन्छ । तपाईंले कहिलै पनि आधा खाली रहेको गिलासको कुरा गर्नुहुन्न । आधा गरिएको गिलासको मात्रै कुरा गर्नुहुन्छ ।

असन्तुष्टिको भावनाले केही समय जीवनलाई घेरेको हुन्छ । यो स्थायी हुन्छ, जब असफलता बारम्बार दोहोरिन्छ त्यसपछि मान्छेमा असन्तुष्टिको भाव बढ्न थाल्छ । यस अवस्थाबाट जोगिनुपर्छ ।

यसका लागि आफ्नो कार्यविधि परिवर्तन गर्नुहोस्, नयाँ विधिहरू अपनाउनुहोस्, नयाँ प्रविधिबारे बुझ्नुहोस् । जे भए पनि, डिप्रेसनबाट टाढा रहनका लागि विभिन्न उपायहरू खोजिरहनुपर्छ ।

तपाईंको विगतका असफलता र दुखद् अनुभवहरू दिमाग वा विचारहरूमा नदबाउनुहोस् । यस्ता अनुभवहरु भविष्यका लागि संकलन गरेर राख्नुहोस् ।

त्यस्ता अनुभवहरूले लक्ष्यमा पुग्नको लागि इच्छा र उत्साह जगाउनेछ । यस्तो अवस्थामा नकारात्मक विचारहरू आउने समय र ठाउँ दिनुहुँदैन ।

बच्चाहरूसँग हरेक दिन हाँस्न केही समय खर्च गर्नुहोस् । लाफ्टर च्यानल जस्ता हास्य कार्यक्रमहरू हेर्नुहोस्, चुट्किला पढ्नुहोस् र बच्चाहरूलाई सुनाउनुहोस् । बच्चाहरूको खुसीले तपाईंको आनन्दलाई दुईगुना बढाउनेछ ।

प्रत्येक दिन व्यायाम गर्नुहोस् । यसले खुसी प्रदान गर्ने हार्मोनहरू बढाउने गर्छ ।

सन्तुलित आहार लिनुहोस्, जंक फुडबाट बच्नुहोस् ताकि ऊर्जाको स्तर उच्च रहोस् । तपाईंको विशेष साथीहरू र परिवारसँग तनावको बारेमा सुनाउनुहोस् । ताकि नयाँ बाटो फेला पार्न सकिन्छ र डिप्रेसनबाट बाहिर आउन सकिन्छ ।

तपाईंको टाउकोमा अनावश्यक भावनाहरूको बण्डल नराख्नुहोस् । अरूलाई माफी दिन शुरू गर्नुहोस् नकारात्मक घटनाहरू र विचारहरू बिर्सन सिक्नुहोस् ।

खुसीको लागि केही हास्यास्पद चीजहरू हेर्नुहोस् या रमाइलो गफहरु गर्नुहोस् ।

वातावरण सुधार गर्न केही समय खर्च गर्नुहोस् । पार्कमा जानुहोस् र बिहानको हावा लिनुहोस्, चराहरूको चिड्चिडाहट सुन्नुहोस् ।

वास्तवमा रमाइलोले तनाव कम गर्छ र तनावले रमाईलो कम गर्र्छ । साना तनावका कारणहरूलाई बेवास्ता गर्नुहोस् र खुसीको सानो क्षणको साथ पूर्णतामा सफलता ग्रहण गर्नुहोस् ।

ठूलो सफलता वा ठूलो खुसी हासिल भएन भनेर चिन्तित नहुनुहोस् । तपाईंका विचारहरू, तपाईंको आत्मविश्वासले तपाईंलाई तनावबाट बचाउन सहयोग पु¥याउँछ । तनावको झुण्ड डिप्रेसनको पनि माथिल्लो स्तर हो । त्यसैले आफँैलाई सम्हाल्ने प्रयास गर्नुहोस् र सकेसम्म खुसी हुनुहोस् ।

चर्चामा

सम्बन्धित समाचार