शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • सुशान्त मृत्यु प्रकरण : एम्सको पुष्टिपछि आत्महत्याको कोणबाट अनुसन्धान अघि बढ्दै

सुशान्त मृत्यु प्रकरण : एम्सको पुष्टिपछि आत्महत्याको कोणबाट अनुसन्धान अघि बढ्दै

  • बुधबार, अशोज २१, २०७७
सुशान्त मृत्यु प्रकरण : एम्सको पुष्टिपछि आत्महत्याको कोणबाट अनुसन्धान अघि बढ्दै

एजेन्सी । एम्सको रिपोर्टले अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको मुद्दालाई ‘आत्महत्याको घोषणा’ गरिसकेको छ । एम्सको यो अन्तिम रिपोर्ट र सीबीआईले मृत्युको घटना पुनर्निर्माणपछि सार्वजनिक गरेको अन्तिम रिपोर्टसँग मेल खान्छ ।
सुशान्तले आत्महत्या नै गरेको पुष्टि भएसँगै उनको आत्महत्याको सम्भावित कारणबारे अनुसन्धान सुरु गरिएको छ । आर्थिक मामिलाका कारण सुशान्तले यस्तो कदम चालेको हुनसक्ने आशंकामा फोरेन्सिक अडिटले सुशान्तको बैंक खाताको विवरणमा पनि जाँच गरेको छ । सुशान्तकी प्रेमिका रहेकी अभिनेत्री रियाले आर्थिक फाइदाका लागि सुशान्तलाई आत्महत्या गर्न उक्साएको हुन सक्ने आशंका गरिएकामा एजेन्सीले त्यस्तो केही पनि कारण नभएको इन्डियन एक्सप्रेस लाई पुष्टि गरेको छ ।

आर्थिक पाटोको मामिल नदेखिसँगै अब सीबीआईले अन्य कारणबारे अनुसन्धान सुरु गरेको छ । सुशान्तले आत्महत्या जस्तो कदम उठाउनुपर्ने अन्य कारणहरुमा रिया चक्रवर्तीसँग अरु कुनै कारण, नेपोटिजम, लागुऔषधको असर र सुशान्तको मानसिक स्वास्थ्यमा आधारित रहेर अनुसन्धान जारी राखिनेछ ।

रियासँग भेटेपछिको सुशान्तको पछिल्लो ५ वर्षको बैंक खातामा ७० करोडको विवरणमा ५५ लाख मात्रै रियासँग सम्बन्धित देखिएको र अन्य स्रोत यात्रा, स्पा, उपहारहरुमा खर्च भएको विवरणमा देखिएको छ । सुशान्तले धेरैजसो खर्च घर, कार, बाइक, कर्मचारीलाई तलब, कर र पीआर एजेन्सीको खर्च आदिमा देखिएको छ ।

अहिलेसम्म सुशान्तको मृत्यु प्रकरणमा सीबीआईले रिया र उनको परिवार गरी २४ जनाभन्दा बढी सँग सोधपुछ गरिसकेको छ । साथै सुशान्तको मृत्युको केहीदिन अघि मात्रै आत्महत्या गरेकी सुशान्तकी पूर्वम्यानेजरसँग जोडेर पनि अनुसन्धान गरिसकेको छ । तर सुशान्तको आत्महत्यमा त्यो केससँग केही लेनदेन नभएको पनि सीबीआईले पुष्टि गरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार