बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

  • आइतवार, अशोज १८, २०७७
जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते
फाइल तस्बिर

मकवानपुरको भीमफेदीमा आइतबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका-६ स्थित उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । घाइते सबैको प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भैरहेकाे प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार