शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • स्थानीय तह कर्मचारी हकहित मञ्च तदर्थ समिति गठन

स्थानीय तह कर्मचारी हकहित मञ्च तदर्थ समिति गठन

  • आइतवार, अशोज १८, २०७७
स्थानीय तह कर्मचारी हकहित मञ्च तदर्थ समिति गठन

कर्मचारीहरुको छाता संगठनका रुपमा स्थानीय तह कर्मचारी हकहित मञ्चको १५ सदस्यीय जिल्ला स्तरिय तदर्थ समिति गठन भएको छ ।

बडीमालिका नगरपालिकाको सभाहलमा अधिकृत स्तर छैठौं पुष्पराज भट्टको अध्यक्षतामा सञ्चालित बाजुरा जिल्ला स्तरिय भेलाबाट अध्यक्षमा वीरबहादुर विष्ट (बडीमालिका नगरपालिका), उपाध्यक्ष लक्ष्मण भट्ट ( गौमुल गाउँपालिका), सचिवमा दिपक बहादुर भण्डारी (जगन्नाथ गाउँपालिका), सह-सचिवमा लक्ष्मण प्रसाद पन्त (खप्तड छेडेदह गाउँपालिका) , कोषाध्यक्षमा सरिता कुमारी ठकुल्ला (बडीमालिका नगरपालिका) र सदस्यमा इश्वरा कुमारी कार्की (बडीमालिका नगरपालिका), लोकेश रोकाया (बुढीगंगा नगरपालिका), गोपाल बहादुर महत ( खप्तड छेडेदह गाउँपालिका), शंकर कुमार खड्का (गौमुल गाउँपालिका), एकवाल राना (हिमाली गाउँपालिका), सुनिल भण्डारी ( स्वामीकार्तिक गाउँपालिका), जयबहादुर साउद (जगन्नाथ गाउँपालिका), पार्वती विष्ट (बुढीगंगा नगरपालिका) र रोशन चौधरी (बडीमालिका नगरपालिका) सर्वसम्मत निर्वाचित भएका जनाएकाे छ ।

स्थानीय तहमा समायोजन भएका कर्मचारी र लोकसेवा आयोगबाट सिफारिस भई आएका कर्मचारीहरुलाई निजामती कर्मचारी मान्ने नमान्ने ? स्थानीय सेवाको गठन, सञ्चालन र व्यवस्थापनका विषयमा रहेको कानूनी द्वैधताको अन्त्य गरी सबै कर्मचारीलाई एउटै कानूनद्वारा निर्देशित र नियन्त्रित गर्ने खालको नीतिगत व्यस्था कायम गराउन हक हित मञ्च गठन गरिएको नव निर्वाचित अध्यक्ष विष्टले जानकारी गराउनु भयो ।

जनताको नजिकबाट सेवा प्रवाह गर्ने स्थानीय तहका कर्मचारीलाई दोस्रो दर्जाका कर्मचारीको जस्तो व्यवहारबाट संघीयता कार्यान्वयन हुन नसक्ने र खुसी नेपाल समृद्व नेपालको सपना समेत साकार हुन नसक्ने भएकाले सबै कर्मचारीलाई एउटै व्यवहार गर्न वकालत र पैरवी गर्ने नवनिर्वाचित अध्यक्ष विष्टले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार