शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काग्रेस बाजुराले ६९ वडा कार्यक्रम अभियान संचालन गर्ने 

नेपाली काग्रेस बाजुराले ६९ वडा कार्यक्रम अभियान संचालन गर्ने 

  • शनिबार, अशोज १७, २०७७
नेपाली काग्रेस बाजुराले ६९ वडा कार्यक्रम अभियान संचालन गर्ने 

बाजुरा — नेपाली काग्रेस जिल्ला कार्य समिति बाजुरा ६९ दिने वडा अभियानमा लाग्ने भएको छ । नेपाली काग्रेस बाजुराको हिजो बसैको बैठकले सो निणर्य गरेको हो ।
नेपाली काग्रेस बाजुराले आज जिल्ला सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलन मार्फत पार्टिको हिजो बसेको बैठकको निणर्य सार्बजनिक गर्ने क्रममा सो कुरा बताएको हो ।
नेपाली काग्रेस बाजुराको हिजो बसेको बैठकले ५ ओटा निणर्य गरेको नेपाली काग्रेस बाजुराका प्रचार प्रशार शाखा प्रमुख तिलक पुरीले बताएका छन । हिजो सम्पन बैठकले पार्टीको १४ औ महाधिबेशन केन्द्रीत बिभिन्न निणर्यहरु गरेको प्रचार प्रशार शाखा प्रमुख पुरीले बताएका छन ।
त्यसै गरी सदस्यता बितरण कार्यलाइ तिब्रता दिएको छ । त्यस्तै बिश्व महामारीका बेला रोजगार गुमाएका युवाहरुलाई आफुले जितेका स्थानीय तहमा रोजगार कसरी श्रृजना गर्ने भन्ने बिषयमा निणर् भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।
त्यसै गरी नेबिसघं लाइ चलायमान गर्न प्रशिक्षण कार्यक्रम गर्ने नजिकिदै. गरेको दशै र तिहारमा हुने अशान्तीका घटनाहरुलाई न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसंग छलफल गर्ने र शिक्षक सघंका सदस्य गगन रावलको श्रदान्जली तथा शोक प्रस्ताव पारीत गर्ने निणर्य गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
त्यसै गरी बझाङमा भएको बलत्कार गरी हत्या गरिएको घटना र हिमाली गाउँपालिकाको कवाडीमा बगेर एकै घरका ५ जनाले ज्यान गुमाएको घटनाका दोषिलाई खोजी गरी कोही कसैले गरेको भए घटनाको दोषीलाइ कार्बाहीको माग गर्ने निणर् गरेको पुरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।
नेपाली काग्रेश बाजुराका प्रचार प्रशार शाखा प्रमुख तिलक पुरीको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनको प्रमुख अतिथि नेपाली काग्रेस बाजुराका सभापती कबिरा पण्डित रहेका थिए भने कार्यक्रमको संचालन नेपाल प्रेश युनियन बाजुराका अध्यक्ष प्रेम रौलेले संचालन गरेका थिए ।
त्यसै गरि  गोविन्द्र मल्ल,अथितीमा पार्टी सचिब दिपक व्रिकम शाह,महिला संघ केन्द्रिय सदस्य जुना दानि, नेपालि कांग्रेस जिल्ला कार्य समित सदस्यहरु नेबिसंघ तरुणदल महिला संघ लगायत पार्टीका सुभेच्छुक संस्था र विभिन्न संञ्चार क्षत्रमा आबद्ध संञ्चारकर्मिहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार