शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • महिला विकास म‌ञ्च बाजुराले काेरोना सम्बन्धी पत्रकारहरुसंगको अन्तरक्रिया

महिला विकास म‌ञ्च बाजुराले काेरोना सम्बन्धी पत्रकारहरुसंगको अन्तरक्रिया

  • शनिबार, अशोज १७, २०७७
महिला विकास म‌ञ्च बाजुराले काेरोना सम्बन्धी पत्रकारहरुसंगको अन्तरक्रिया

बाजुरा– नेपाल सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागिता अन्र्तगतमा महिला विकास मंञ्च बाजुराले कोरोनाको सन्दर्भमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ।
पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा सिमान्त महिलाको आवाज बुलन्द गर्नका लागि,र महिलाहरुका साझा आवाज तथा सहभागिता गराउने अर्को तिर कोभिड १९को अवस्थाको विषयमा पत्रकाहरुलाइ जानकारी गराएको जीएफएफ कार्यक्रमकी संयोजक किस्ना दानीले बताएकी छन् ।

नेपाल सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागितामा विशेष गरि महिलाहरुको हक अधिकार,पोष्ण आयआर्जन,व्यवसायि मुलक बनाउन र अर्कोतिर महिलाहरुको क्षमता अभिवृद्धी गर्न महिला विकास मञ्चको मुख्य उद्देश्य रहेकोे जीएफएफ कार्यक्रमकी संयोजक  दानीले बताएकी छन्।
यो संस्थाले बडिमालिका नगरपालिका र त्रिवेणि नगरपालिकालाई मुख्य लक्ष्य गरि अभिमुखिकरण कार्यक्रम संञ्चालन गरेको यी दुइ वटा नगरपालिका भित्र १० समुह बनाएर कार्यक्रम संञ्चालन गरेको बताएकी छन्।
दस वटा समुह भित्र ६ समुह त्रिवेणि नगरपालिका र ४ समुह बडिमालिका नगरपालिकाकी जनप्रतिनीधि महिला,अगुवा महिला,सिमान्तकृत महिलाहरुका समस्याहरुको पहिचान गरि ३० जना महिलाहरुलाई कार्यक्रम संञ्चालन गरेको छ।
उक्त पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता कार्यकारी निर्देशक उजा विष्ट प्रमुख अथिती पत्रकारमहासंघ का अध्यक्ष प्रकाश सिंह र अन्य विभिन्न संञ्चार क्षेत्रमा काम गर्ने संञ्चारकर्मिहरुको उपस्थित रहेको थियो। उक्त कार्यक्रमको संञ्चालन जीएफएफ कार्यक्रमकी संयोजक किस्ना दानिले बताएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार