बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • आकस्मिक हेलिकप्टरको व्यवस्था गर्न चिकित्सकहरुको माग

आकस्मिक हेलिकप्टरको व्यवस्था गर्न चिकित्सकहरुको माग

  • शुक्रबार, अशोज १६, २०७७
आकस्मिक हेलिकप्टरको व्यवस्था गर्न चिकित्सकहरुको माग

चिकित्सकहरुले काठमाडौं बाहिर कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुको उपचार खर्च सरकारले बेहोर्नुपर्ने माग गरेका छन् । नेपाल चिकित्सक संघले आज स्वास्थ्य मन्त्रालयका सचिवलाई ९ बुँदे ज्ञापनपत्र बुझाउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संक्रमित भएको खण्डमा उनीहरुको उपचार खर्च लगायतको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सरकारले लिनुपर्ने माग राखेको हो ।

ज्ञापनपत्रमा चिकित्सकहरु संक्रमित भएमा शिघ्र उपचारका लागि आकस्मिक हेलिकोप्टर व्यवस्था गर्न समेत माग गरिएको छ । त्यस्तै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पार्नका लागि सुरक्षा सामाग्रीहरुको सहज उपलब्धता गराउन समेत सरकारसँग आग्रह गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार