शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गरिब मज्दुर लाई हक दिलायो अक्टुबर क्रान्तिले (गजल)

गरिब मज्दुर लाई हक दिलायो अक्टुबर क्रान्तिले (गजल)

  • बिहिबार, अशोज १५, २०७७
गरिब मज्दुर लाई हक दिलायो अक्टुबर क्रान्तिले (गजल)

गरिब मज्दुर लाई हक दिलायो अक्टुबर क्रान्तिले,
जारशाही र केरेन्सकी जिलायो अक्टुबर क्रान्तिले।

बर्गशंघर्षले आँधी बेरी ल्याउँन सफल भयो त्यँहा,
दुश्मनको त्यो किल्ला हिलायो अक्टुबर क्रान्तिले।

बोल्शेबिक आन्दोलनको अनुसाशन नै कडा थ्यो,
जार लाई बम र बारुद पिलायो अक्टुबर क्रान्तिले।

दुनियाँका कामदार लाई पाठ सिकाउँने बर्ग शंघर्ष
मज्दुरहरु को मन मुटु सिलायो अक्टुबर क्रान्तिले।

मार्क्सवाद लेनिनवादले तोड्न सिकायो हत्थकडी,
संसारका मुक्तीकर्मिहरु मिलायो अक्टुवर क्रान्तिले।

प्रेणादायक बन्यो ऐतिहाशिक बर्गशंघर्ष हाम्रो लागी,
श्रमजिविलाई मुक्तिउर्जा खिलायो अक्टुबर क्रान्तिले।

बनाएकै थिए साशक ले गरिबहरु लाई थुन्ने जेलहरु,
त्यही जेल भित्र उनैलाई किलायो अक्टुबर क्रान्तिले।

आफैलाई महा शक्ति ठान्थे जारका आसे पासेले नी,
जार र केरेन्सि संसार बाट बिलायो अक्टुबर क्रान्तिले।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार