शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • नक्कली कागज बनाई भारत पठाउने ३ जना पक्राउ

नक्कली कागज बनाई भारत पठाउने ३ जना पक्राउ

  • बिहिबार, अशोज १५, २०७७
नक्कली कागज बनाई भारत पठाउने ३ जना पक्राउ

नक्कली कागज तयार गरी नेपाली नागरिकलाई भारत पठाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका २ बस्ने वर्ष ३९ का जयन्द्र स्वार, ४ बस्ने वर्ष ३५ का मान बहादुर बिष्ट र २ बस्ने वर्ष २७ का छत्र रावल रहेका छन् ।

पैसा लिएर नक्कली कागज जाद बनाई नेपाली नागरिकलाई भारततर्फ पठाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई असोज १३ गते धनगढी उपमहानगरपालिका ४ स्थित बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए । उनीहरुलाई सार्वजनिक हितविरुद्धको कसुरमा मुद्धा दर्ता गरी आज जिल्ला प्रशासन कार्यालय कैलालीबाट म्याद थपसँगै आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार