बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आस्था वा अबस्था? (लघुकथा)

आस्था वा अबस्था? (लघुकथा)

  • बुधबार, अशोज १४, २०७७
आस्था वा अबस्था? (लघुकथा)

सुरेशकुमार पान्डे।
आहा हेमन्त ज्यु बोका त गतिला पाल्नु भएको रैछ।अहिलेको दँशैमा त पैसैई पैसा हुँने भए।भिमि सिहँले आगनमा बानेका बोकाहरु लाई नियाल्दै भन्छन।भिम सिहँ अलि हँसिला मिजासि स्वभावका थिए।घरको दाईने तिर आगनमा किला ठोकेर चारौटा बोकाहरु ले झुँडाईएको घाँस रमाई रमाई खाँदै थिए।होईन काम्रेड यो अर्कै कामको लागि पालिएका बोकाहरु हुँन!
भिम सिहँको कुरा सुनेर अलि स-सङकित हुँदै हेमन्तले भन्छन।उनि एउटा कमिन्युष्ट पार्टिका जिम्मेवार मध्यका माथिल्लो कमेटीका ब्याक्ति हुँन।भिम सिहँ उनैको पार्टीका सेल कमिटामा पर्टी सदस्यको हैसियत राख्द थे।किन र के का लागि पाल्नु भयको होर?भिम सिहँले बुझ्न खोज्छन।आउँनुहो म भन्छु हजूरलाई उ त्यो बोका देवाली गर्नका लागि पालेको अनि आर्को त्यो चाईने नातीको पुत्त बडाई हालेको,त्यो काँच्रेखोलाको देवतालाई भनेर कवुलेको आर्को मेरी बुढीले चुनाउँ लड्ने बेला मेरो लागि मैले जितेपछी चडाउँला भनेर भकुलेको हो!अब भन्नुश केको पैसा पार्नुछ र?हेमन्तले सबै राम कहाँनी सुनाउँछन।उस्को कुरा सुन्दा भिँम सिहँ छक्कै पर्दै होर!मैलेपो न बुझेको रैँछुँ यति सम्म त भन्छन।हो हजूर लाई किन लुकाउँने मेरी बुढीले पाठो न कबुलेको भए काँ जित्न सकिन्थ्यो र हजूर भन्दै हेमन्तले भिम सिहँलाई बस्न अनुरोध गर्छन।
दलानमा कति राम्रा सोफा सैट थिए त्यँही भित्तोमा मार्क्स एग्लेश, लेनिन स्टालिन र माओ लगायतका बिभिन्न दार्शनिकहरुको तस्विरहरु टाँगेका थिए।
उनि भर्खर पहिलो पल्ट जितेका प्रदेशका सभासद हुँन।उनि घर आएको सुन्दा भिम सिहँलाई भेट गर्ने मनलाग्यो र आएका थिए।आखिर ठुलो शंघर्ष गरेर जिताएको ब्याक्ति एउटै पार्टीका पनि हुँन।भिम सिहँ र हेमन्तमा एत्ति फरक थियो उनि गाउँमै बसे भिम सिहँ परदेशी लाहुरे तर चुनाउको बेलामा ठुलो शंघर्ष गरेर दिन रात एक गरेर हेमन्तलाई जिताउन ठुलो मद्त गरेकाहुँन।
आज हेमन्तका कुराले भिम सिहँलाई भित्र भित्र चसक्क बिजाएको थियो।आखिर लाहुर बाट आएर ठुलो शंघर्ष गर्दै कम्युनिष्ट भनी जस्लाई जिताएका थिए उस्को बिचार यति निम्न स्तरको होला भन्ने सोँचेका पनि थिएनन।कम्युनिष्ट भनेको त उनले बुझेको जस्तो हुँनु पर्ने तर यो रुढीवादी बिचारले ग्रस्त भयकोलाई सहयोग गरेकोमा आफैलाई मनैमनमा धिकार्दै थिए।कम्तिमा जनताको लागि केहि गर्न नसकेपनि साँच्चैका कम्युनिष्ट भयको भएपनि जन तन मन ता बुझाँन हुँन्थ्यो।
हेमन्त ज्यु हजूरले जित्नु भयकोमा ता देबी देवताको ठुलो साथ रैछ होईन?भिम सिहँले ब्याँग्य कस्छन।होनी मित्र यदि मेरो जिवन सँगिनिले बुद्धी नपुराएको भय त खै यहि भन्न सकिन्न।हाम्रो ता प्रयास मात्रै नै हो मर्जिता उनै भगुवानको हो !होईन र?हेमन्तले सोध्छन।हो हजूर बुझियो!भिम सिहँले भन्छन।यस्तो पनि कम्युनिष्ट,उस्ले मनैमनमा सोँच्छ।
यो देशमा ६३प्रतिसत कम्युनिष्ट हुँदा हुँदै पनि कम्युनिष्टलाई लाल्टिन बालेर खोज्नु पर्छ भनेको त यस्तै भयरपो रैछ।उस्ले मनैमनमा गन-गन गर्छ।हेमन्त जस्तै कम्युनिष्ट भयपछि आखिर कम्युनिष्टको बिउ जोगाउँन पनि त गारैछ।कसैले जनै लगाउँन हुँन्न भनेर धेरैका जनै छिँडाल्थे,कसैले गोरु नखाने त कम्युनिष्ट हुँनैसक्दैन भन्थे,यँहा त पुरै देबी देवताका रखवाला पनि कम्युनिष्टनैछन।कुन दिन देवाली नगर्ने कम्युनिष्ट हुँनै सक्दैन भन्न बेर छैन!भिम सिहँले भित्र भित्रै आफैलाई भन्दै भित्तामा भएका हबै दार्शनिकहरुका तस्विर नियाल्छन।
घरमा कति राम्रो दार्शनिक हरुका तस्विर सझाएका छन।राम्रो परिपाटी छ।घरको तर मष्तिकमा उहि पुरानो रुढीवादी आस्था छ ,कुहेको सँस्कारछ।त्यो वास्तबमा आस्था थियो कि अबस्था नै हो?यसको पनि एउटा पाटो छँदैछ।देश भित्रको अबस्था नै यस्तैछ कसैले बिद्रोह गर्न सकेकाछैन।प्रतेक जातमा र थरहरुमा यहि एउटा पहिलो र जटिल समस्या हो पुरानो बिचार सँस्कार परमपरा अफिमको नसा जस्तै मान्छेको नसा नसामा रगत बनेर दौड्दैछ।जातिय बिभेदको उस्तैछ,समाजमा रहेको कु सँस्कार पनि मौलाउँदै गएकोछ।
पुरानो मित्र आएको मा हेमन्त अति खुसिछन एकैछिनमा छोरी अगष्टाले चिया लिएर दिन्छिन।अनि छोरा लेनिनले दुईचार जना जुवाडे बटुलेर आउँछन र आर्का छोरा माओले जाँड टन्न खाएर आउँछन। यस्को नाउँ मैले लेनिन राखेको हुँ,यस्को एसैकी आमाले माँओ राखेकी हो।हाम्रो घर मा सबै दार्शनिकहरु छन!हेमन्तले बोडो गोरवको साथ भन्छन।
वा यो यस्तो पो काम्रेडको घर स्याबास काम्रेड भन्दै भिम सिहँले जितको बधाई दिन्छन।तर वाह यस्तो देख्नपो आएको रैछुँ म ता आज मनैमन भन्दै चिया पिएर भिम सिहँ बिदा हुँन्छन।३०-०९-२०२०,(यो कथा कल्पनामा आधारीतछ यसका पात्र र अभिनयका लागि लिएका नाम सबै काल्पनिक हुँन।यो कथा र पात्रका नाम कसैको भबिस्य सँग मेल खान गयकोमा मात्र सञ्जोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार