मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बगरका केही साइनो

बगरका केही साइनो

  • बुधबार, अशोज १४, २०७७
बगरका केही साइनो

१.
बाँझै छ खेतबारी
भत्कँदै छ फूलबारी
आँसु आमाको आँखाभरि ।
२.
बग्छन् गोहीका आँसु
विदेशमा अलपत्र
हलो अड्क्यो कमिसनमा ।
३.
मान्छे उन्ने सूत्र यो
साहित्य कर्म सिर्जना
नेपाली मूल यो साइनो ।
४.
यो सूक्ष्म अनुभूति
साइनोका पानाहरू
देउरालीको साझा यात्रा ।
५.
बेथितिको राज छ
धुकुटीमा खोटा सिक्का
कानुनभित्र प्वालै प्वाल ।
६.
म जनताको मान्छे
रिवन काट्ने काम छ
जलपान जोरजाम छ ।
७.
धर्ती भत्केको दुःख
जीवन भत्केको दुःख
पदासीन निद्रामा मस्त ?
८.
विदेशी हस्तक्षेप
सूत्रदाता स्वयं हामी
पराधीन यो मनोवृत्ति ।
९.
बेइमान भो मान्छे
पैसाको दास भो मान्छे
पदपिच्छे विक्षिप्त मान्छे ।
१०.
चेतनशील मान्छे
सिर्जनशील प्रकृति
सन्तुलित सृष्टि सौर्न्दर्य ।
११.
बरबरायो मान्छे
बाढी पैरो बिगबिगी
बेलगाम टुप्पाको पात ।
१२.
बनौं बनाऔं मन्त्री
खाऔं खुवाऔं मन्त्री
बाको बिर्ता आमाको पेवा ?

नोटः लेखन सुरु २०७६/४/१६, प्रणेता छायादत्त न्यौपाने बगर, हालसम्म ५ वटा पुस्तक प्रकाशित, एघार सय सन्तानब्बे जना सर्जकहरूले लेखिरहेका छन् । सैद्धान्तिक लेख र बहस भइरहेको छ । भव्यरुपले वार्षिकोत्सब सम्पन्न भयो ।

चर्चामा

सम्बन्धित समाचार