शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडीका युवाहरु जुटे सडक सरसफाईमा (फोटो फिचर)

मार्तडीका युवाहरु जुटे सडक सरसफाईमा (फोटो फिचर)

  • बुधबार, अशोज १४, २०७७
मार्तडीका युवाहरु जुटे सडक सरसफाईमा (फोटो फिचर)

बाजुरा — बाजुराको सदरमुकाम सम्मको सडक ब्यबस्थापनमा मार्तडीका युवाहरु जुटेका छन । युनिटी युवा कल्वले साफेँ मार्तडी सडकखण्ड अन्तरगत मार्तडी देखी सडको छेउमा रहेको नाली सरसफाई अभियानमा जुटेका हुन ।


सम्बन्धीत निकायको ध्यान नजादा मार्तडी देखी तल रहेको सडक हिलाम्मे बन्दा पनी कसैको ध्यान नजादा क्लवको आयोजनामा सो अभियान संंचालन गरिएको युनिटी युवा क्लवका अध्यक्ष मनोज बोहराले बताए । बेरोजगार भएर बस्नुको सट्टा केही सामाजीक कार्य पनी गर्नु पर्छ भन्ने मुल उदेस्यका साथ सो सडक सरसफाई तथा नाली ब्यबस्थापन गर्न लागिएको युवा रामचन्द्र रोकायाले बताएका छन । धेरै जना युवाहरुको सक्रियतामा मार्तडी देखी पावरहाउस सम्म आज सरसफाई गरिएको कल्वका अध्यक्ष मनोज कुमार बोहराले बताएका छन ।


सार्बजनिक सम्पतीको रक्षा र संरक्षण गर्नु सबै नागरिकको उत्तिकै भुमिका रहन्छ र सरकारकै मुख ताक्न हुदैन भन्ने मनसायकाले सो सडकमा बगिरहेको पानी र नाली ब्यबस्थापन गरेको युवाहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार