शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • पालिका स्तरिय सल्लाहाकार समितिको वैठक सम्पन्न

पालिका स्तरिय सल्लाहाकार समितिको वैठक सम्पन्न

  • बुधबार, अशोज १४, २०७७
पालिका स्तरिय सल्लाहाकार समितिको वैठक सम्पन्न

जिवन कुमार कैला — बाजुराको बुढीनन्दा नगरपालिकामा पालिका स्तरीय सल्लाहाकार समितिको वैठक तथा फिल्ड अनुगमन कार्यक्रम सम्पन्न भएको छ । पीसविन बाजुरा शाखा कार्यालय कोल्टीको आयोजनामा नगरपालिकाको एक सरोकारवाला टोलीले नगरपालिकाका विभिन्न ठाँउको स्थलगत अनुगमन गरेको हो ।

आज एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका जनप्रतिनिधि तथा विषयगत शाखाका प्रतिनिधिको टोलिले वडा नं ७ र ८ मा पीसवीन बाजुरा अन्तर्गतका कृषि, सिँचाई, पोषण तथा सरसफाई लगायतका कार्यक्रमको स्थलगत अनुगमन गरेको जनाईएको छ । पीसविन बाजुरा शाखा कार्यालय कोल्टीको आर्थिक तथा भौतिक लगानीमा वडा नं ७ मा निमाणर् सम्पन्न सिचाई नहर, वडा नं ८को गोठि कृर्षक समुह र कालिका कृर्षक समुहको संयुक्त आयोजनामा ब्यवसायिक अदुवा खेति र हल्दी खेति लगायतको अनुगमन गरेको बताईएको छ ।

दुवै समुहका ६० वढि कृर्षकले सामुदायिक वनको बाजोँ जग्गाको सदुपयोग गरी वडा नं ८मा अदुवा र हल्दी खेतिको विस्तार गर्न थालेका छन । विगत लामो समय देखि गाई वस्तु चरीचरन हुदै आएको जमिनको सदुपयोग हुने र सो ठाँउमा अदुवा तथा हल्दी खेतिलाई ब्यवसायिकरण गर्ने उद्देश्यले पीसविन शाखा कार्यालय कोल्टीले आर्थिक लगानी गरे संगै सो ठाउँका स्थानिय उक्त खेतिमा आक्रसित भएका हुन ।

पीसविन शाखा कार्यालय कोल्टीले कृर्षि, शिक्षा, पोषण, सरसफाई लगायतका विभिन्न क्षेत्रमा आर्थिक तथा भौतिक रुपमा उल्लेखनिय कार्य गरेको प्रति नागरीकले प्रशांसा पनि गरेका छन । अदुवा र हल्दी खेति विस्तार भएको ठाँउमा पुगेको अनुगमन टोलि संगको अन्र्तक्रिया तथा समिक्षा कार्यक्रममा बोल्दै कृर्षकहरुले अहिले सो ठाँउका लागि घेरवारको अनिवार्य ब्यवस्थापन गरीदिन माग गरेका छन ।

अनुगमन कार्यक्रममा वोल्दै बुढीनन्दा नगरपालिकाका उपप्रमुख श्रृष्टी रेग्मीले कृषि पेसामा आवद्ध कृषकलाई जति सहयोग गर्नु पर्ने हो, त्यति सहयोग नगरपालिकाले गर्ने नसकेकोमा दुख लागेको वताउनु भएको छ । गाँउ घरमा विभिन्न किसिमका हिंसा अन्त्य गर्न महत्वपुणर् भूमिका खेलेको प्रति पिसविन बाजुरालाई धन्यवाद दिदैं उहाँले कृषि व्यवसायिक खेतिमा आवद्ध कृर्षकहरुलाई नगरपालिकाबाट हुने सहयोगका लागि आगामी दिनमा आफु पछि नहट्ने प्रतिवद्धता जनाउनु भएको छ । त्यस्तै नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत रामदत्त न्यौपानेले पछिल्लो समय कृषकले व्यवसायिक खेतीलाई अवसरको रुपमा नलिएर यसलाई ब्यवसायिकरण वनाउन आग्रह गर्नु हुदै कृर्षकहरुलाई आवश्यक पर्ने सहयोग गर्न आफु तत्पर रहेको वताउनु भएको छ ।

कार्यक्रममा बोल्ने अधिकाशं वक्ताले ठाउँ र हावापानी सुहाउदो बालीको प्रवद्र्धन तथा खेति विस्तार गर्न, वल्क तथा पकेट क्षेत्र घोषणा गर्न, कृर्षहरुले फलाएका फलफुल तथा तरकारी खेतिको बजारीकरण गर्नुपर्ने जोड् दिँदै लगानी लगाएको वस्तुको परिणाम र प्रतिफलको नतिजा हेर्न आवश्यक रहेको औल्याएका छन । अनुगमन टोलिमा बुढीनन्दा नगरपालिकाका उपप्रमुख श्रृष्टी रेग्मी, निमित्त प्रमुख प्रसासकिय अधिकृत रामदत्त न्यौपाने, वडा नं दुईका वडा अध्यक्ष भिम बहादुर कार्की, वडा नं ४ का वडा अध्यक्ष राजन कुमार रोकाया, वडा नं ५ का वडा अध्यक्ष कृष्णराज पाध्याय, वडा नं ७ का वडा अध्यक्ष अशोक दानी, कार्यापालिकाका सदस्य साइमल लवार लगायत रहनुभएको थियो ।

त्यस्तै पिसवीन केन्द्रीय कार्य समिति उपाध्यक्ष वृजन बहादुर शाही, नागरीक सेवा सरोकार मञ्च संयोजक जनेश भण्डारी, कृषि शाखा प्रतिनिधि दिपक कार्की, पशु शाखा प्रतिनिधि भरत जोशी, पादुका शव डिभिजन वन कार्यालयका प्रतिनिधि विश रोकाया, स्वास्थ्य प्रतिनिधि चन्दा रेग्मी, पिसविन फिल्ड कार्यालय प्रमुख गोविन्द थापा, शुसासन संयोजक जयलाल विक, स्थानीय अधिकार कार्यक्रम संयोजक पदम कठायत, रेडियो बुढीनन्दाका समाचार प्रमुख जीवन कैला, शुसासन सहजकर्ता बहादुर सिंह बोहोरा, कृषि तथा पोषण सहजकर्ता शंकर कैला लगायत सरोकारवालाको टोलीले अनुगमन गरेको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार