शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता ( म बांच्नु चाहन्छु )

कविता ( म बांच्नु चाहन्छु )

  • बुधबार, अशोज १४, २०७७
कविता  ( म बांच्नु चाहन्छु )

म एक परदेशी सधै अरुकाे देशमा काम गरिरहन्छु !
घर बसे म मात्र हाेईन परिवारका सबै भाेकै रहन्छन्!!
दिन रात नभनि परदेशमा पसिना बगाउछु!
कहिले भाेकै बस्छु त कहिले आधा पेट अघाउछु,
विश्व भरि काेराेना महामारी फैलियाे र,
म काम छाेडेर घर फर्के किनकि,
म बाच्न चहान्थे ।।
बांच्ने आशाका साथ गाउँ त फर्किए तर ,
आज गाउमा नै मर्ने स्थिति आएकाे छ
मेराे गाउमा न त काम छ न त दाम छ !
आज म राेगले हाेईन भाेकले मर्दैछु !
आज राेगले हाेईन भाेकले सताएकाे छ !
फेरि पनि बांच्ने आशाका साथ म मुगलान जांदैछु ,
किन म बांच्न चाहन्छु !!
जुन ठाउबाट मरिने डरले घर फर्के,
हाे आज त्यहि ठाउँ जादैछु किनकि
म बांच्न चाहन्छु , म बांच्न चाहन्छु !!

चर्चामा

सम्बन्धित समाचार