शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • संक्रमित शिक्षकसँग जहाजमा आएका बाजुराका कुन स्थानिय तहका कती जना

संक्रमित शिक्षकसँग जहाजमा आएका बाजुराका कुन स्थानिय तहका कती जना

बडीमालिका नगरपालिकाकाे १ जना

  • मङ्लबार, अशोज १३, २०७७
संक्रमित शिक्षकसँग जहाजमा आएका बाजुराका कुन स्थानिय तहका कती जना

बाजुरा — स्वामिकार्तिक गाँउपालिका १ साप्पाटाको एक बिद्यालयका कोरोना संक्रमित शिक्षक सँग जहाजमा बाजुरा १९ जना आएको नागरिक उडयन कार्यलय कोल्टी बाजुराले जनाएको छ । उनि सँग आएका सबैभन्दा बढि स्वामीकार्तिक गाँउपालिका ११ जना रहेका छन् ।

त्यस्तै बुढिनन्दा नगरपालिका ३ जना, बडिमालिका नगरपालिका १ जना, हिमाली गाँउपालिका १ जना र कञ्चनपुरको १ जना गरि १७ जना र उनिहरु सँग २ जना वालबालिका आएको जनाईएको छ । संक्रमित शिक्षकको घर कैलाली हो । उनि गाँउपालिकाले बिद्यालय सञ्चाल गरेपछि बाजुराका आएका हुन् ।

जहाजमा १९ जना आएको भएपनि जिल्ला प्रशासन कार्यलय बाजुरा र स्वास्थ्य कार्यलय बाजुरा भने कति जना आएको सहि तथ्याङ्क नभएको पाईएको छ । अर्को उनिहरुको अबस्था के छ कहाँ छ कुनै जानकारी नभएको बुझिएको छ । समिट एरको जहाजमा असोज ६ गते १९ जना एउटै जहाजमा कोल्टि आएका थिए ।

संक्रमित शिक्षकले धनगढीमा पिसआर जाँचका लागि असोज ४ गते स्वाब दिएका थिए । उनि रिपोट नआउदै उनि असोज ६ गते समिट एरको जहाजमा कोल्टि आएका थिए । संक्रमित शिक्षकले बडिमालिका खबरलाई भनेका छन्, ६ गते कोल्टि पुगेको त्यो बेलुका पिलचौरमा रहेको छापाखानामा बसेको वताए । ७ गते दिउसो बिद्यालय पुगेको हु, साँझ पाँच बजे पोजेटिभ रिपोट आएको वताए । अहिले आफु गाँउपालिकाको क्वारेनटाइनमा बसेको आफुलाई कुनै लक्षण चिन्ह देखा नपरेको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार