शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • नेपालगन्ज मेडिकल कलेजमा २ जना संक्रमितको मृत्यु

नेपालगन्ज मेडिकल कलेजमा २ जना संक्रमितको मृत्यु

  • मङ्लबार, अशोज १३, २०७७
नेपालगन्ज मेडिकल कलेजमा २ जना संक्रमितको मृत्यु

 बुटवल १३ असोज — बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको पुष्टि गरे । दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवैजना भेन्टिलेटरमा थिए ।

नेपालगन्जका मृतकको घर दाङको घोराही हो । उनी लामो समयदेखि नेपालगन्जमा बस्दै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार