बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बलात्कारमा हजुरबुवादेखि छिमेकीसम्म संलग्न

बलात्कारमा हजुरबुवादेखि छिमेकीसम्म संलग्न

  • मङ्लबार, अशोज १३, २०७७
बलात्कारमा हजुरबुवादेखि छिमेकीसम्म संलग्न

बलात्कारका घटनामा घरभित्रकै हाडनाता पर्ने व्यक्ति, आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न हुने गरेको पाइएको छ ।

नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले हजुरबुवादेखि बुवा÷झट्केलो बुवा, ससुरा, काका(मामा(ठूलोबुवा, चिनजानका व्यक्ति र छिमेकीसहित पारपाचुके भइसकेका श्रीमान् र अपरिचित व्यक्तिबाट समेत महिलाहरू असुरक्षित रहेको देखाएको हो ।

आर्थिक वर्ष २०७६(७७ को तथ्यांकअनुसार सो आर्थिक वर्षमा देशभर २ हजार ४ सय ४९ वटा घटना भएकामा चिनेजानेका व्यक्तिबाटै ९ सय १५ अर्थात् सबैभन्दा बढी बलात्कारका घटना भएको छ ।

गत आर्थिक वर्षमै घरमालिकबाट ३, केटासाथीबाट ९३, भिनाजुबाट ५, शिक्षकबाट ४५, पारपाचुके भएका श्रीमान्बाट २८, नचिनेका व्यक्तिहरूबाट ४ सय ९७ र नखुलेका व्यक्तिबाट ५ वटा घटना भएका छन्

यसैगरी, छिमेकीबाट सो आर्थिक वर्षमा ६ सय ७२ र नचिनेका व्यक्तिबाट ४ सय ९७ वटा बलात्कारका घटना भएका छन् ।

यसैगरी, हजुरबुवाबाट ६, बुवा(झट्केलो बुवाबाट ४७, ससुराबाट ८, आमा(छोराबीच ३, काका(मामा(ठूलो बुवाबाट ४१, दाजुभाइ(काका, ठूलोबुवा र मामाका छोराबाट ३२, देवर(जेठाजुबाट १३ तथा श्रीमान्बाटै २६ वटा बलात्कारका घटना भएको तथ्यांकले देखाउँछ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले आफन्तबाट बढी सुरक्षित भइने विश्वास, घरभित्रका कुरा बाहिर नजाने भन्ने मानसिकता, आर्थिक प्रलोभनलगायतका कारणबाट घटना भएको पाइएको बताए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार