मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा १४ औँ बिश्व रेबिज दिवस सप्ताह समापन

बाजुरामा १४ औँ बिश्व रेबिज दिवस सप्ताह समापन

  • सोमवार, अशोज १२, २०७७
बाजुरामा १४ औँ बिश्व रेबिज दिवस सप्ताह समापन

बाजुरा — बाजुरा जिल्लामा १४ औँ बिश्व रेबिज दिवस सप्ताहब्यापी कार्यक्रम सम्पन्न भएको छ । सप्ताहब्यापी बिभिन्न कार्यक्रम गरि मनाउदै आएको १४ औँ बिश्व रेबिज दिवस सम्पन्न भएको छ । असाेज ६ गते देखी बिभिन्न कार्यक्रम गरि मनाउदै अाएकाे दिवस अाज एक कार्यक्रमका बिच सम्पन्न गरेकाे भए पनी अभियान जहिल्यै चलिरहने भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले जनाएकाे छ । भेटेनरी अस्पता तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको आयोजनामा बिभिन्न कार्यक्रमष् गरी सप्ताहब्यापी कार्यक्रम आज समापन गरेको छ ।
सेप्टेम्वर २८ विश्वभरि रेबिज विरुद्धको दिवसको रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यस विरुद्ध सुरक्षाका कुराहरु विश्वभर सम्प्रेषण गरेर मनाइने दिन हो । आज प्रान्सका माइक्रोवायोलोजिस्ट लुइस पास्टर को मृत्यूभएको दिन पनि हो र उनले रेबिज विरुद्धको खोप पत्ता लगाएर धेरैजनाको ज्यान जोगाएका कारण उनको सम्झना पनि गरिन्छ ।
रेबिज मानव सभ्यतासगै धेरै अगाडिदेखि देखिएको रोग हो, इजिप्टवासीहरुको करिव आजभन्दा करिव ४३०० वर्ष अगाडिको इतिहासमा रेबिज रोगका बारेमा उल्लेख गरिएको छ, अर्कोतर्फ दार्शनिक एरिस्टोटलले आजभन्दा २३०० वर्षअगाडि लेखेका नोटमा पनि रेबिज लागेको कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरसंग सम्पर्कमा मान्छे आएमा रेबिज लाग्ने तथ्य उल्लेखित छ ।
यसै क्रममा आज भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले पनी जिल्लाका सबै स्थानीय तहमा पनी यो दिवस मनाउन सुचना गरिएको बिज्ञ केन्द्रका निमित्त प्रमुख सिद्धराज जोशीले बताएका छन । जिल्लाका सैव स्थानीष् तहमा बजेट छ यो कार्यक्रम सबै स्थानीय तहले मनाएको हुनुपर्छ तर आफुलाइ र कार्यालयमा कुनै जानकारी नभएको निमित्त प्रमुख जोशीले कार्यक्रमा बताएका थिए ।
२०सौं शताब्दीको शुरुसंगै विकसित देशहरु र रेबिजले धेरै प्रभावित मध्य यूरोपमा रेबिजको संक्रमण नाटकीय रुपमा घटेर गयो, यसका कारणहरु मुख्यतया जनचेतना र रेबिज विरुद्धको खोपनै हो । सरकारी स्वास्थ्य चौकीमा रेबिज विरुद्धको खोप अनि रेबिज भाइरस शरीरमा छिरिसकेछी लगाइने पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस अर्थात पिइपि सुई सहजै उपलब्ध छ । तर मान्छेहरुको हेलचेक्राई र जनावरसंगको ज्ञात अज्ञात संसर्गले रेबिजको सक्रमण संभावना रहिरहेकोले यसमा सबै सचेत हुन बिभिन्न कार्यक्रम पनी गर्दै आएका छौ यस अभियानमा सबैले लाग्नुपर्ने बिज्ञ केन्द्र प्रमुख जोशीको भनाइ रहेको छ ।
भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख सिद्धराज जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिति जिल्ला समन्वय समिति उप प्रमुख सुनिता मिजार रहेका थिए भने बिषिस्ठ अतिथिमा बडिमालिका नगरपालिकाका कार्यबाहक नगर प्रमुख राम बहादुर कार्की र सहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी रहेका थिए । बिज्ञ केन्द्रका कर्मचारी जगत थापाले संचालन गरेको कार्यक्रमा जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधी र पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।
नेपाल पत्रकार महासंघ बाजुरा कोषाअध्यक्ष नन्दा थापा, सयहायक प्रमु जिल्ला अधिकारी समिर भण्डारी बडिमालिका नगरपालिका कार्यबाहक नगर प्रमुख राम बहादुर कार्की लगायतले मन्तब्य समेत राखेका थिय ।
कार्यक्रममा बोल्ने सबै सहभागीहरुले विशेषज्ञहरुका अनुसार रेबिजबाट बच्न यो रोग लागेको कुकुरका लक्षणहरू पहिचान गर्नुपर्छ र निम्न कुरामा विशेष ध्यान दिनुपर्ने बताएका थिए । रेबिज रोगलाई निर्मूल पार्न सम्पूणर् कुकुरलाई एन्टिरेबिज खोप लगाउन सम्पुणमा अनुरोध समेत गरेका छन । घरपालुवा कुकुरलाई त अनिवार्य खोप लगाउनुपर्नेमा जोड दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार