शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतका प्रभावशाली राजनीतिज्ञ जशवन्त सिंहको निधन

भारतका प्रभावशाली राजनीतिज्ञ जशवन्त सिंहको निधन

  • आइतवार, अशोज ११, २०७७
भारतका प्रभावशाली राजनीतिज्ञ जशवन्त सिंहको निधन

भारतका प्रभावशाली राजनीतिज्ञ जशवन्त सिंहको निधन भएको छ । भारतीय जनता पार्टीलाई बलियो राजनीतिक शक्तिका रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका सिंहको ८२ वर्षको उमेरमा निधन भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै राजनीति र समाजबारे सिहंका विचारहरु सधैं स्मरणमा रहने भन्दै उनीसँगका हरेक छलफल स्मरणमा राख्ने बताएका छन् । उनले सिंहको निधनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा जशवन्त सिंह विदेश, रक्षा र वित्तजस्ता तीनवटै महत्वपूर्ण मन्त्रालयका जिम्मेवारी सम्हालेका थिए ।

२४ डिसेम्बर, १९९९ मा इन्डियन एयरलाइन्सको उडान नम्बर आईसी–८१४ अपहरण गरेर अफगानिस्तानको कान्धारमा लगिएका बेला उनले त्यसलाई छुटाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

त्यसबेला अपहरणकारीले यात्रीलाई बचाउनका लागि भारत सरकारलाई ३ जना विद्रोहीलाई छाड्नुपर्ने शर्त राखेका थिए । त्यसबेला मुस्ताक अहमत जरगर, अहमद उमर सइद शेख र मौलाना मसुद अजहरलाई रिहा गरिएको थियो । उनीहरुलाई लिएर जशवन्त सिंह कान्धार गएका थिए ।

सन् १९८८ मा परमाणु परीक्षण पछि अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाएका बेला पनि अमेरिकासँग उनले वार्ता गरेका थिए भने १९९९ को कारगिल युद्धका क्रममा पनि उनको भूमिका महत्वपूर्ण थियो ।

सन् २०१२ मा भाजपाले उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो । तर उनी युपीएका हामिद अन्सारीसँग पराजित भएका थिए ।

आफ्नो किताबमा मोहम्मद अली जिन्नाको प्रशंशा गरेपछि उनलाई भाजपाले पार्टीबाट निश्कासन गरेको थियो । सन् २०१० मा उनी पुनः पार्टीमा फर्किए ।

सन् २०१४ मा उनलाई लोकसभा चुनावमा उनलाई टिकट नदिएर उनको बाडमेर सिटमा सोनाराम चौधरीलाई उठाएको थियो ।

त्यसपछि उनले भाजपा परित्याग गरेर स्वतन्त्र उम्मेवरा बनेका थिए । तर उनी पराजित भए । यसै वर्ष उनको टाउकोमा चोट लागेपछि कोमामा पुगेका थिए ।

चर्चामा

सम्बन्धित समाचार