शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • उद्योग बाणिज्य सघं बाजुराको टोली अनुगमनमा

उद्योग बाणिज्य सघं बाजुराको टोली अनुगमनमा

  • शनिबार, अशोज १०, २०७७
उद्योग बाणिज्य सघं बाजुराको टोली अनुगमनमा

बाजुरा — बाजुरा उद्योग बाणिज्य सघं बाजुरा ब्यबासायीहरुसंग घरदैलो अभियानमा जुटेको छ । हाल कोभिड १९ को जोखिम न्युनिकरण सचेतना मास्क प्रयोग सामाजिक दुरी कायम सेनिटाईजर प्रयोग सरसफाइ र आ- आफ्ना पसल अगाडि डस्वीन अनिवार्य राख्ने व्यवस्था गर्ने लगायतका जनचेतना दिने उदेस्यले घर दैलो अभियानमा लागेको उद्योग बाण्ज्यि सघं बाजुराले जनाएको छ ।
असोज ६ गते देखी संचालन गरिएको अभियान ११ गते सम्म जिल्लाका सबै ब्यबासायीहरुसंग भेट घाट कार्यक्रम रहेको उद्योग बाणिज्य संघ बाजुराका कार्यालय प्रमुख टेक बहादुर धामीले बताएका छन ।


जिल्लाको तल्लो क्षेत्रमा रहेका बाम्का बजार,वेताल्मान्डौ बजार,रिठा बजार, डाव वजार,ताप्रिसेरा बजारमा बाढीपहिरोले गर्दा सडक सन्जाल नै विच्छेद अवस्था ले गर्दा नजिकिद गरेको दशैतिहार लाई मध्ये नजर गरी जिल्ला को उपभोक्ता को माग अनुसार दैनिक उपभोग्य वस्तु लगायत अन्य सामग्री हरूको अभाव हुन सक्ने तर्फ चनाखो तथा ध्यान दिन आपुर्ति व्यवस्था मिलाउन व्यवसायीहरूलाई आग्रह गरिएको प्रमुख धामीले बताए ।
त्यसै गरि व्यवसायीहरूसग सघंका पदाधिकारी सग प्रत्यक्ष भेटाघाट गरि गर्ने र हाल कोभिड १९ को जोखिम न्युनिकरण सचेतना मास्क प्रयोग सामाजिक दुरी कायम सनिटाईजर प्रयोग सरसफाइ र आआफ्ना पसल अगाडि डस्वीन अनिवार्य राख्ने व्यवस्था गर्ने लगायतका काम लिएर ब्यबासायीहरुको ब्यबासाय चलाइरहेकै ठाउँमा गएको कार्यकारीणी सचिव गोपाल कार्कीले बताएका छन ।


त्यसै गरी आयकर छुट सुविधा जानकारी तथा सहजिकरण, प्यान तथा फर्म नविकरणको अवस्था जानकारी , मूल्य सुचिराख्न लगाउने , ढक तराजु मिटरको प्रयोग ठिक ढंगले गरे नगरेको र सामान विक्री गर्दा विल दिए नदिएको, स्थायी लेखा नम्बर उपभोक्ताले देखिने गरि राख्ने आदिको अवस्थाका बारेमा जानकारी गराउने पनी अभियानको उदस्य रहेको उद्योग बाण्ज्यि संघ बाजुराले जनाएको छ ।
उद्योग बाणिज्य सघं बाजुराका प्रथम उपाध्यक्ष गोरख ब बोहरा, कार्यकारीणी सचिव गोपाल कार्की कार्यकारिणी सदस्य ज्ञानबहादुर थापा र सदस्य सचिव  टेकबहादुर धामीकाे प्रतिनिधित्वमा अनुगमन तथा भेटघाट कार्यक्रममा रहेको संघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार