बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुरामा सुत्केरी महिलाको हेलीकप्टरबाट उद्धार

बाजुरामा सुत्केरी महिलाको हेलीकप्टरबाट उद्धार

  • शुक्रबार, अशोज ९, २०७७
बाजुरामा सुत्केरी महिलाको हेलीकप्टरबाट उद्धार
फाइल तस्बिर

बाजुरा — बाजुराबाट आज एक जना सुत्केरीको उद्धार गरिएको छ । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा न २ की केशपुरा शार्कीको हेलीकप्टर बाट उद्धार गरिएको सहयाक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताएका छन । ३ दिन अगाडी कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रमा ल्याएको र कोल्टीमा सम्भव नहुने र जिल्ला अस्पतालमा रिफर गरेको भए पनी निजका परिवारले घर लिए पछी उनलाई समस्या भएको सहायक प्रजिअ भण्डारीले बताएका छन । हिजो देखी सुत्केरी हुन कठिनाई हुदा जगन्नाथ स्वास्थ्य चौकीमा लिएको र सम्भव नभए पछी जिल्ला प्रशासनको पहलमा उनलाई नेपालगन्ज पठाएको सहायक प्रजिअ भण्डारीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार