शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जनता प्रति समर्पित जनप्रतिनिधि

जनता प्रति समर्पित जनप्रतिनिधि

  • बिहिबार, अशोज ८, २०७७
जनता प्रति समर्पित जनप्रतिनिधि
 लक्ष्मण जाेशी

देश संघिय संरचनामा गए पश्चात अहिले तिन तहका सरकार संचालनमा रहेकाछन ।सर्वसाधारण नागरिकहरुका लागि नजिकको सरकार स्थानिय सरकार हो।तिनै सरकारमा जनताको अमुल्य मतले जितेका जनप्रतिनिधि बहाल रहेका र जनताको मतको कदर कसरी गरिरहेका छन्,भन्ने कुराको प्रमाणित उनिहरुले गरेका कामको आधारमा थाहा पाँउन सकिन्छ ।त्यस्तै मध्येका एक हुन जगन्नाथ गाँउपालिका वडा नं ५ का वडा अध्यक्ष प्रकाश बहादुर शाही गाँउपालिकाले आर्थिक बर्ष २०७६।२०७७ मा ६ वटा वडा कार्यालयका लागि मोटर साइकल खरिद गर्न बजेट विनियोजन गरेको थियो।

खरिद गर्ने बेला वडा नं ५ का वडा अध्यक्ष प्रकाश बहादुर शाहीले आफ्नो वडामा मोटर साइकल नलिने घोषणा गर्नुका साथै वडामा हाते ट्रयाक्टर र कुटानी पिसानी मिल आवश्यक रहेको माग कार्यपालिका बैठकमा पेश गरे पश्चात कार्यपालिका बैठकले कन्टिजेन्सिको रकम बाट वडा नं ५ का लागि हाते ट्रयाक्टर र कुटानी पिसानी मिल खरिद गर्ने निर्णय गरेको थियो।उक्त निर्णय पश्चात वडा कार्यालयले हाते ट्रयाक्टर र मिल खरिद गरेर ट्रयाक्टर र मिल संचालनमा आएकाछन ।ट्रयाक्टर खरिद गरेपछि गएको असारमा किसानले ट्रयाँक्टरको सहायताले बालि लगाउनुका साथै मिल संचालन पश्चात गाँउघरमा कुटानी पिसानीमा सहज भएकोछ ।

ट्रयाक्टर र मिलको व्यवस्थापनका लागि वडा कार्यालयले न्युनतम् शुल्क निर्धारण गरेकोछ।उठेको शुल्कले मिल र ट्रयाक्टरको व्यवस्थापन गर्ने गरिएको जानकारी वडा अध्यक्षले बताउनु भयो।कार्यपालिका बैठकमा होस वा अन्य कामले गाँउपालिकाको कार्यालय जुड्डीमा आउदा जाँदा वडा अध्यक्ष प्रत्येक पटक दुइ घण्टा हिडेरै आउने जाने गर्नु हुन्छ ।अन्य वडा अध्यक्ष मोटर साइकलमा आउदा हजुरलाइ अप्ठयारो महसुस हुदैन भन्ने पश्नमा उहाँले हाँसेरै उत्तर दिनु भयो ।

मोटर साइकल एक दुई जनाले प्रयोग गरि रहेका होलान तर मिल र ट्रयाक्टर सयौं घरधुरीले प्रयोग गर्न पाएकाछन म त्यसैमा खुसी छु ।विकास चाँहने हो भने व्यक्तिगत स्वार्थ भन्दा माथि नउठि विकास सम्भव छैन।विकासका नाममा टुक्रे योजना र सानो तिनो रकम विनियोजन गरेर जनता भुलाउनु भन्दा एकिकृत विकासमा जोड दिनु पर्ने तर्क राख्नु हुन्छ ।त्यसैको परिणाम स्वरुप कृषि ज्ञान केन्द्रको सहयोगमा वडा नं ५ लाई कागति र सुन्तला पकेट क्षेत्र घोषणा गरिएको र यसै बर्ष तिन हजार कागति र सुन्तालका बिरुवा रोपिएका छन ।

गाँउपालिका अध्यक्षको बिषेश पहलमा वडा नं ५ मा देवलकोट मा.वि.को भवन निर्माणाधिन अवस्थामा र एक घर एक धाराको अवधारणा अनुरुप एघारी मुल खानेपानीको काम संचालन प्रक्रियामा अगाडी बढिरहेको छ।वडा नं ५ का योजना आवश्यकतामा आधारित हुने हुनाले विबाद रहित हुने गरेकाछन् ।

चर्चामा

सम्बन्धित समाचार