बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • स्थानीय लेखकहरुको क्षमता अभिबृदि कार्यशाला सम्पन्न

स्थानीय लेखकहरुको क्षमता अभिबृदि कार्यशाला सम्पन्न

  • बिहिबार, अशोज ८, २०७७
स्थानीय लेखकहरुको क्षमता अभिबृदि कार्यशाला सम्पन्न

राजेन्द्र बिक — स्थानीय लेखकहरुको क्षमता अभिबृदीका लागि संचालित ५ दिने कार्यशाला गाेष्ठी सम्पन्न भएको छ।बालबालिकाको शिक्षण सिकाइमा तहगत पाठ्यपुस्तकको महत्व बुझाउन तथा स्थानीय लेखकहरुको क्षमता अभिबृदी गराइ तहगत सरल किताब लेखी Bloom Book Library मा भएका पुस्तकहरु खोल्न र डाउनलोड गर्न सकुन भन्ने उदेश्यका साथ संचालन भएको तालिम यहि असोज ४ गतेबाट शुरु भइ आज सम्पन्न भएको हो।

समता र समाबेशी शिक्षा कार्यक्रम अन्तर्गत युनिसेफ बिश्व शिक्षा नेपालको आर्थिक तथा प्राबिधिक सहयोग,बडिमालिका नगरपालिकाको समन्वय तथा सेतोगुरांस बालबिकास सेवा बाजुराको आयोजनामा संन्चालित कार्यशाला उद्घाटन कार्यक्रमको अध्यक्षता सेतो गुरांस बालबिकास सेवा बाजुराका कार्यक्रम प्रबन्धक देबु खातिले गर्नु भएको थियो भने बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक प्रमुख अतिथि रहनु भएको थियो कार्यशालामा बडिमालिका नगरपालिकाका शिक्षा शाखा संयोजक राम बहादुर कटुवाल सेतोगुरांसका कार्यक्रम अधिकृत डम्म कटुवाल लगायतको उपस्थिति रहेको थियो।

बडिमालिका नगरपालिका भित्रका १६बिद्यालयका १८जना शिक्षक उक्त कार्यशालामा सहभागी भइ बजुरेली भाषामा तहगत कक्षाका लागि पाठ्यपुस्तक निर्माण गर्ने बारे प्रशिक्षित भएका सेतोगुरांस बालबिकास सेवा बाजुराका कार्यक्रम संयोजक देवराज पाध्यायले जानकारी दिएका छन । बडिमालिका नगरपालिकाको हलमा संचालन भइरहेको कार्यशालाको प्रशिक्षण बिश्व शिक्षा नेपालका शुखरत्न ब्रह्मचार्य,अप्सरा गुरुङ र रन्जित महतले अनलाइन मार्फत गर्नुभएको थियो।यो कार्यशाला शिक्षण सिकाइ अभिबृदिका लागि अत्यन्तै प्रभावकारी हुनेमा आफुले बिस्वास लिएको कार्यशाला उद्घाटन समारोहका प्रमुख अतिथी एवम बडिमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रंगमल बिकले बताए।

यो कार्यशालाले शिक्षकको सिकाइ शिक्षण अभिबृदि मा महत्वपुर्ण फाइदा पुगेको कार्यशालामा सहभागी कैलाशेस्वरी माध्यामिक बिद्यालय मना का शिक्षक खम्म साउंदले बताएका छन्।कार्यशालामा शिक्षक हरुले स्थानिय भाषामा बालबालिकालाइ सिकाइ हुनेखालका कथा,कबिताहरु लेखिएका किताब निर्माण गरेको र उक्त किताब हरुलाइ आवश्यक परिमार्जन गरि सबै बिद्यालय मा उपलब्ध गराइ बालबालिकाको सिकाइलाइ सहज तुल्याउने उदेश्य पनि कार्यक्रमको रहेको सेतोगुरांस बालबिकास सेवा बाजुराका कार्यक्रम अधिकृत डम्म कटुवालले जानकारी दिएका छन।

चर्चामा

सम्बन्धित समाचार