सोमवार, कार्तिक १०, २०७७
  • होमपेज
  • विचित्र संसार
  • उल्लूको अर्थ बुद्धिमान पनि ! केही रमाइला जानकारीहरु

उल्लूको अर्थ बुद्धिमान पनि ! केही रमाइला जानकारीहरु

  • बिहिबार, अशोज ८, २०७७
उल्लूको अर्थ बुद्धिमान पनि ! केही रमाइला जानकारीहरु

सामान्यत: उल्लू राति शिकार गर्ने चरा हो । तर मुर्खको प्रतिकको रुपमा पनि यो शब्द प्रयोग हुने गर्छ ! कोही मानिसले मुर्खतापूर्ण काम गर्यो भने ‘कस्तो उल्लू रहेछ !’ भन्ने गरिन्छ । त्यसैले उल्लू (Owl) को अर्थ मूर्ख, बुद्धू नभएर बुद्धिमान पनि हुन्छ भन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ । तर प्राचीन ग्रीकमा उल्लूलाई बुद्धिको देवताको रुपमा लिने गरिन्थ्यो र ग्रीक भाषामा Owl को अर्थ बुद्धिमान भन्ने हुन्छ ।

वास्तवमा, रात्रिचर यस प्राणीले मूसा, सर्प, बालीनालीमा लाग्ने कीरा फट्यांग्राहरु खाएर कृषकहरुलाई मद्दत गर्ने भएकोले प्राचीन ग्रीकवासीहरुले यसलाई बुद्धिको देवताको रुपमा लिएका हुन सक्छन् ।

T.F.M. को अर्थ

कतिपय नुहाउने साबुनहरुमा T.F.M. लेखिएको पाइन्छ । के तपाईंलाई थाहा छ– यसको अर्थ के हो ? वास्तवमा, T.F.M. को अर्थ हो– Total Fatty Matter । यसले त्यस साबुनमा कति प्रतिशत चिल्लो पदार्थ राखिएको छ भन्ने कुरा जनाउँदछ ।

यसरी बन्छ दूधबाट दही

दूधलाई निश्चित तापक्रममा लामो समयसम्म छाड्ने हो भने, त्यसमा मोइक्रोन्स नामक व्याक्टेरिया क्रियाशील हुन्छ । त्यस ब्याक्टेरियाले दूधलाई फटाइदिन्छ । उक्त व्याक्टेरियाले दूधमा पाइने ल्याक्टोजलाई पनि लेक्टिक एसिडमा परिवर्तन गरिदिन्छ । फलतः दहीको स्वाद अमिलो अमिलो बन्न जान्छ ।

छाताको कथा

हज्जारौं वर्ष पहिलेदेखि नै घाम तथा पानीबाट बच्न छाता ओढ्ने चलन रहेको पाइन्छ । प्राचीन कालमा कतिपय समाजमा त छाताको आकार र रंगले तिनीहरुको सामाजिक हैसियत समेत दर्शाउने गर्थ्यो । छाताको आविष्कार कहिले र कसले गर्यो भन्ने कुरा अहिलेसम्म किटानी भन्न सकिने स्थिति छैन । तर इतिहासकारहरुको मतमा छाताको आविष्कार चीनमा भएको हो ।

भाषाबारे यो तथ्य

संसारमा सबैभन्दा बढी देशहरुमा बोलिने भाषा अंग्रेजी हो । तर सबैभन्दा बढी बोलिने भाषा चाहिँ चिनियाँ भाषा (Mandarin) हो । संसारमा करीब तीन हजारवटा विभिन्न भाषाहरु बोलिन्छन् । औसत रुपमा एउटा व्यक्तिले एक दिनमा ४ हजार वटा शब्दहरु बोल्ने गर्छन् । संसारमा सबैभन्दा बढी शब्दहरु भएको भाषा अंग्रेजी हो । सबैभन्दा सानो शब्द अंग्रेजी वर्णमालाको a हो भने सबैभन्दा बढी बोलिने अक्षर पनि अंग्रेजी वर्णमालाकै i हो ।

सबैभन्दा बढी बच्चा हुने राष्ट्रपति

अमेरिकाको इतिहासमा सबैभन्दा बढी बालबच्चा हुने राष्ट्रपतिको रुपमा जोन टायलर (John Tyler) को नाम अग्रपंक्तिमा आउँछ । अप्रिल ६, १८४१ देखि मार्च ३, १८४५ सम्म अमेरिकाको राष्ट्रपति पद सम्हालेका जोन टायलरका जम्मा १५ जना बालबच्चाहरु थिए ।

शनि ग्रहको चुम्बकीय क्षेत्र

प्रत्येक ग्रहको चुम्बकीय क्षेत्र हुन्छ । कुनै ग्रहको कम हुन्छ त कुनै ग्रहको बढी । अमेरिकाको मानवरहित यान ‘पायोनियर– ११’ ले पत्ता लगाएअनुसार, शनिग्रहको चुम्बकीय क्षेत्र पृथ्वीको भन्दा १,००० गुना बढी शक्तिशाली छ । तर बृहस्पति ग्रहको भन्दा चाहिँ २० गुना कमजोर । हेक्का रहोस्, उक्त अमेरिकी यान सन् १९७९ मा शनिग्रहको २०,८०० किलोमिटर नजिकबाट उड्ेको थियो ।

प्रकाशको गति

अति छिटो छरितो वा फूर्तिसँग काम गर्ने मान्छेलाई ‘बिजुलीजस्तो छिटो’ भन्ने चलन हामीकहाँ छ । ‘बिजुलीजस्तो छिटो’ भन्नुको अर्थ नै अति छिटो भन्ने बुझिन्छ । वास्तवमा, बिजुली –प्रकाश) को गति पनि अति छिटो नै हुन्छ । एक सेकेण्डमा प्रकाशले २९९७९२.४५८ किलोमिटरको दूरी पार गर्छ ।

नखाई ६ महिना बाँच्ने जीव

एउटा ह्वेलले एक दिनमा करीब ३ टनसम्म भोजन गर्न सक्छ । तर विचित्रको कुरा के छ भने, यो प्राणीले ६ महिनासम्म केही नखाइकन पनि बस्न सक्छ ।

उभिएरै सुत्ने प्राणी

अधिकांश जीवहरु सुत्नको लागि लड्ने गर्छन् । तर घोडा यस्तो विचित्रको प्राणी हो, जुन उभिएरै पनि निदाउन सक्छ ।

बालुवाको पहाड

अफ्रिकाको सहारा मरुभूमिमा बालुवाका अग्ला अग्ला पहाडहरु पाइन्छ । ती पहाडहरुमध्ये कुनै कुनैको उचाई त १४०० फूटसम्मका पनि हुन्छन् ।

पृथ्वीकै सबैभन्दा विशाल मरुभूमि मानिएको सहारा मरुभूमिको क्षेत्रफल ९० लाख वर्ग कि.मी. मानिएको छ । यो भनेको पृथ्वीको कूल जमीनको १÷८ भाग हो ।

सूर्यले पनि परिक्रमा गर्छ !

हाम्रो धरती पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ । तर स्वयं सूर्यले पनि आकाशगंगालाई परिक्रमा गरिरहेको हुन्छ । वैज्ञानिकहरुका अनुसार, उत्पत्तिकालदेखि अहिलेसम्म सूर्यले आकाशगंगाको २० पटक परिक्रमा गरिसकेको छ ।

हड्डीको शक्ति

हाम्रो शरीरको हड्डी अद्भूत शक्तिशाली हुन्छ । शक्तिमा यो शक्तिशाली धातु ग्रेनाइटजत्तिकै हुन्छ । यो कति शक्तिशाली हुन्छ भने एउटा सलाईको बट्टा जत्रो हड्डीले एक टन तौल थाम्न सक्छ ।

चुलुबले औंला

हाम्रो शरीरमा औंला यति महत्वपूर्ण हिस्सा हो, यसलाई नियन्त्रण गर्न हाम्रो मस्तिष्कले अधिकांश समय खर्च गरिहेको हुन्छ । यसलाई नियन्त्रण गर्न मस्तिष्कले जति समय खर्च गर्छ, त्यति समय छाती र पेटलाई नियन्त्रण गर्न पनि लाग्दैन ।

चन्द्रमामा पनि सागर

पृथ्वीको चन्द्रमामा एउटा सागर छ, जसको नाम वर्षाको सागर (Sea of Rains) राखिएको छ । रोचक त के छ भने, उक्त सागरमा एक थोपा पनि पानी छैन ।

चर्चामा

सम्बन्धित समाचार

स्टोक्सको शतकमा राजस्थानले मुम्बईलाई हरायो

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको दसैं शुभकामना

उदाउदै गरेका दिपेश समर्पण
उदाउदै गरेका दिपेश समर्पण
‘परदेशी आयो कोशेली ल्यायो’ गितको म्युजिक भिडियो सार्वजनिक

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

आज बडादशैँ, बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइतधनगढीः दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।  आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र  जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा रहेको जनाएको छ ।    टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १० बजेर १९ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  जानकारी दिए । विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए ।  “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ” धर्मशास्त्रविद् प्रा डा गौतमले भने ।   लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने  आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले सुनाए ।  आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।  कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले  जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।    घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो ।  असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशँैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।  आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।  गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।    विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ  आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे ।   ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।  शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।  विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।   यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गादेवीको स्वरुप मानेर  आशीर्वाद दिइन्छः   जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी  ।  दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।  आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ । मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन समितिले आह्वान गरेको छ ।   तुलजा भवानी यात्रा   महानवमीका अवसरमा आइतबार हनुमानढोकास्थित तलेजु भवानी मन्दिर कोरोनाको त्रासका कारण नखुले पनि भौतिक दूरी कायम गरी सोमबार तुलजा भवानी यात्रा भने गरिने जनाइएको छ । तलेजु भवानीको मन्दिर वर्षमा एक दिन मात्र महानवमीका दिन खोल्ने प्रचलन थियो ।   समितिले दिएको साइतमा बिहान ८ ः ४७ बजे भवानी यात्रा शुरु गरिनेछ । भवानीलाई स्थिरासन भने बिहान ९ः४९ बजे नै गरिनेछ । यसैगरी खड्गयात्रा पनि सोमबार नै गरिने जनाइएको छ ।