शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • स्याङ्जामा पहिरोमा परि दुईको मृत्यु, नौ बेपत्ता

स्याङ्जामा पहिरोमा परि दुईको मृत्यु, नौ बेपत्ता

  • बिहिबार, अशोज ८, २०७७
स्याङ्जामा पहिरोमा परि दुईको मृत्यु, नौ बेपत्ता

पोखरा – अविरल वर्षासँगै आएको पहिरोमा परि स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । कालिगण्डकी गाउँपालिका वडा नं. ४ मा पहिरोले दुई घर पुरिएको र एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार बालिङ नगरपालिका ९ कमादीमा गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने नौ जना हराईरहेका छन् । पहिरोमा परि हराएकाहरुको खोजी र उद्धारका लागि नेपाल प्रहरीको टोली परिचालन गरिसकेको क्षेत्रीले बताए ।

चर्चामा

सम्बन्धित समाचार