शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • तपाईंको निधनपछि कसले चलाउँला फेसबुक?

तपाईंको निधनपछि कसले चलाउँला फेसबुक?

  • बुधबार, अशोज ७, २०७७
तपाईंको निधनपछि कसले चलाउँला फेसबुक?

एजेन्सी —  तपाईंको फ्रेण्ड लिस्टमा भएका केही व्यक्तिको निधन भइसकेको हुनसक्छ। तर तपाईंले कल्पना गर्नुभएको छ, तपाईंको निधनपश्चात फेसबुक प्रोफाइल के होला? कसले चलाउँला?

फेसबुकले यस्तो समयका लागि एउटा अप्सन दिन्छ। ता कि तपाईंको निधन भइसकेपछि अरु कसैले यसलाई नियन्त्रण गर्न सकोस्।

तपाईंको फेसबुकमा रहेको लिगेसी कन्ट्याक्टले तपाईंको लागि एक मेमोरियल पोस्ट राख्न सक्छ। जसले पोस्ट हेर्न सक्छ र टाइमलाइनमा कसले श्रद्धाञ्जली दिन सक्छ भन्ने कुराको निर्धारण पनि गर्न सक्छ।

तर, यहाँनिर थाहा पाउनु पर्ने कुरा के छ भने,

१. तपाईंको अकाउन्टलाई त्यस्तो लिगेसी कन्ट्याक्टमा भएको व्यक्तिले आफ्नै प्रोफाइललाई जस्तो साथीहरू एड गर्न, हटाउन वा म्यासेज पढ्ने काम गर्न भने सक्दैन।

२. फेसबुक एपको दायाँतर्फ माथि कुनामा रहेको तीन वटा धर्सा भएको स्थानमा ट्याप गरी तल रहेको सेटिङ एण्ड प्राइभेसीमा जानुहोस्।

३. त्यहाँ रहेको सेटिङ हुँदै योर फेसबुक इन्फरमेसनमा पुग्नुहोस्।

४. त्यसमा रहेको अकाउन्ट एन्ड अनरशिप एण्ड कन्ट्रोलभित्र प्रवेश गर्नुहोस्। अब तपाईंले सुरुमै मेमोरलाइजेसन सेटिङ देख्नुहुनेछ।

५. जसमा तपाईंले चुज लिगेसी कन्ट्याक्ट बटनमार्फत लिगेसी निधन भइसकेपछि आफ्नो फेसबुक नियन्त्रण गर्ने व्यक्ति छान्न सक्नुहुनेछ।

६. यदि निधनपछि तपाईं आफ्नो फेसबुक प्रोफाइल मेमोरलाइज नभएर स्थायीरुपमा डिलिट होस् भन्ने चाहनुहुन्छ भने डिलिट आफ्टर डेथ नामक तलको विकल्प रोज्न समेत सक्नुहुनेछ।

चर्चामा

सम्बन्धित समाचार