मङ्लबार, कार्तिक ४, २०७७
  • होमपेज
  • मनोरञ्जन
  • दिप लिम्बूको ‘जिन्दगी यो’ सार्वजनिक भिडियोसहित

दिप लिम्बूको ‘जिन्दगी यो’ सार्वजनिक भिडियोसहित

  • बुधबार, अशोज ७, २०७७
दिप लिम्बूको ‘जिन्दगी यो’ सार्वजनिक भिडियोसहित

ताप्लेजुङ। दिप लिम्बूको आवाजमा रहेको ‘जिन्दगी यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। रमेश सुनुवारको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई खबर अफ नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

ताप्लेजुङको विभिन्न रमणीय स्थानमा छाँयाङ्कन भएको भिडियोमा प्रिन्स लिम्बू (एन्जल) र रिस्ता गुरुङको मुख्य अभिनय रहेको छ। साथै भिडियोमा भूमिका लिम्बू, ईना राई, अनु तामाङ र विमला गुरुङको पनि अभिनय रहेको छ।

पदम श्रेष्ठको निर्देशनमा बनेको यस भिडियोमा नृत्य निर्देशन रोशनी मावोहाङ लिम्बूको रहेको छ। भिडियोलाई देउमान पालुङ्वा लिम्बूले खिचेको हुन् भने बलराम समालको एरेन्ज रहेको छ।

चर्चामा

सम्बन्धित समाचार