शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • धार्मिक
  • २०७७ साल असोज ७ गते बुधबारकाे राशिफल

२०७७ साल असोज ७ गते बुधबारकाे राशिफल

  • बुधबार, अशोज ७, २०७७
२०७७ साल असोज ७ गते बुधबारकाे राशिफल

वि.सं.२०७७ साल असोज ०७ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–सप्तमी,४८ घडी २० पला,रातको ०१ बजेर १३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–ज्येष्ठा,४६ घडी २० पला,रातको १२ बजेर २५ मिनेट उप्रान्त मूल । योग– प्रिती,०७ घडी १२ पला,बिहान ०८ बजेर ४६ मिनेट उप्रान्त आयुष्मान । करण– गर,दिउसो ०२ बजेर ०७ मिनेट उप्रान्त वणिज,रातको ०१ बजेर १३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–बृश्चिक ।

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट । दिनमान ३० घडी ११ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानि अपनाउनु होला आजको दिन मध्ययम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रमाईलो यात्रा हुनेछ भने भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । मायाप्रेम तथा पति पत्नी विचको सम्वन्धमा विश्वासको वातावरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन वित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछी पारी आफू अगाडी बढ्ने समय रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पती लाभ हुनेछ भने शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सवारी साधन तथा घरजग्गामा गरीएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना वढि सुन्नु पर्नेछ । आमासँग मनमुटाब बढ्नेछ । बिद्यामा बढि नै समय लगानी नगरे अरुभन्दा पछि परिनेछ भने छाति सम्बन्धी सामान्य समस्याले सताउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धीहरुलार्ई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आत्मीय मित्र तथा जीवन साथिको सहयोगले व्यापार व्यावसायमा लगानी गरी आम्दानी गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धिहरुलार्ई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । गाएन पेशा तथा कला शाहित्यमा समय दिनेहरुले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पति जोड्न सकिनेछ । विलाशी तथा भौतिक सम्पतीको प्रयोग गर्न पाइने हुनाले अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बीच विश्वासको वातावरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विदेशि धन सम्पती हात लाग्ने समय रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाइ लेखाइ अधुरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्नपर्ने हुनसक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लाभ भावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानिसँग सम्बन्धीत कामहरुबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुने हुँदा मन खुसी रहनेछ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । बिभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुनेछन्भने आफूसँग भएको शिप प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । सामाजिक काम गरी राज्यबाट पद प्रतिष्ठा पाउने गतिलो योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरिमा बुढुवा हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने पछी सम्म आम्दानी भईरहने व्यावसायमा लगानी गरी रोजगारीको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा विजय हुने योग रहेकोछ भने अन्य साथी हरुलाई किनारा लगाउदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) महत्वपुर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार