शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • वाढि पहिरो प्रभावित क्षेत्रका स्थानियलाई ५० हजार वढि आर्थिक सहयोग

वाढि पहिरो प्रभावित क्षेत्रका स्थानियलाई ५० हजार वढि आर्थिक सहयोग

  • सोमवार, अशोज ५, २०७७
वाढि पहिरो प्रभावित क्षेत्रका स्थानियलाई ५० हजार वढि आर्थिक सहयोग

जिवन कुमार कैला — बाजुराकोे वुढीनन्दा नगरपालिकाका वडा नं चार ताडिका वाढि पहिरो प्रभावित क्षेत्रका स्थानियलाई ५० हजार वढि आर्थिक रकम सहयोग गरीएको छ । गत भाद्र ३१ गते अविरल वर्षा संगै आएको वाढि पहिरोबाट क्षेति ब्यहोरीरहेका ताडीका २६ घर परीवारलाई ५२ हजार ५ सय नगद हस्तान्त्रण गरीएको हो । नेपाली काग्रेस वुढीनन्दाले वाढी पहिरोबाट पुण क्षेति भएका ३ घरपरीवारलाई ६ हजारका दरले १८ हजार र आशिंक क्षेति भएका २३ घरपरीवारलाई १ हजार ५ सयका दरले ३४ हजार ५ सय गरी जम्मा ५२ हजार ५ सय नगद सहयोग गरेको जनाइएको छ ।

आज ताडीमा एक कार्यक्रमको आयोजना गरी नेपाली काग्रेस वुढीनन्दाले वाढी पहिरो प्रभावित क्षेत्रका स्थानियको घर दैलोमा पुगि राहात स्वरुप नगद हस्तान्त्रण गरेको बताइएको छ । वुढीनन्दा नगरपालिका वडा नं सातका भुपु शिक्षक स्वर्गिय खडक बहादुर रोकाया र कृष्ण बहादुर शाही स्मृती प्रतिष्ठानको सहयोगमा संकलन भएको सो रकम वुढीनन्दा ४ का वाढिपहिरो प्रभावित परीवारलाई वितरण गरीएको हो ।

नेपाली काग्रेस वुढीनन्दा नगर कमिटी सदश्य तथा स्वर्गिय खडक बहादुर रोकायाकी पत्नी गंगा रोकाया, र नेपाली काँग्रेस जिल्ला कार्य समिति सदश्य तथा स्वर्गीय कृष्ण बहादुर शाहीकी छोरी रितादेवि सिहंले उपलब्ध गराउनु भएको सो राहत रकम आज नेपाली काँग्रेस जिल्ला कार्य समिति सदश्य रिता देवी सिहको प्रमुख आथित्यतामा वितरण सम्पन्न गरिएको हो । नेपाली काँग्रेस वडा नं ४ का वडा सभापति लालबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल तरुण दलका पूर्व केन्द्रिय सदश्य शिव बोहोरा विशिष्ट अतिथि रहनुभएको थियो ।

नेपाल तरुणदलका जिल्ला कार्य समिति सदश्य गजेन्द्र कार्की, युवा नेता हेमराज सिह र बलबहादुर रोकाया लगायत अतिथिको रुपमा रहनुभएको थियो । वुढीनन्दामा वाढि पहिरोका कारण केहि नागरीक विस्थापित भएका छन भने केहिको पाल मुनि वास भैरहेको छ । वाढि पहिरो प्रभावित क्षेत्रका नागरीकले समयमा राहात नपाएको गुनासो गरीरहेका छन । स्थानिय सरकारले पनि वाढि पहिरोबाट क्षेति ग्रस्त ठाउँ तथा सपस्थापित परीवारको लागत संकलन गरी तत्काल राहात उपलब्ध गराउन आवश्य देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार