बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • दशैंमा ‘लक्ष्मी पूजा’ रिलिज बजारमा

दशैंमा ‘लक्ष्मी पूजा’ रिलिज बजारमा

  • सोमवार, अशोज ५, २०७७
दशैंमा ‘लक्ष्मी पूजा’ रिलिज बजारमा

काठमाडौं । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्म ‘लक्ष्मीपूजा’ यहि दशैंमा रिलिज हुने भएको छ । समिर मियाँको निर्देशन रहेको फिल्मको निर्माता शोभित बस्नेत हुन् । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइनेछ । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुसालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायाँकन रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार