शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • अत्यधिक गुलियो खानेहरुको कमजोर हुनसक्छ दिमाग, ‘डिप्रेशन’ हुने सम्भावना पनि उच्च

अत्यधिक गुलियो खानेहरुको कमजोर हुनसक्छ दिमाग, ‘डिप्रेशन’ हुने सम्भावना पनि उच्च

  • आइतवार, अशोज ४, २०७७
अत्यधिक गुलियो खानेहरुको कमजोर हुनसक्छ दिमाग, ‘डिप्रेशन’ हुने सम्भावना पनि उच्च

एजेन्सी – गुलियो खानेकुरा कसलाई मन पर्दैन र ? कसैले कम खान्छन् त कसैले धेरै गुलियो खानेकुरा खाने गर्छन् । गुलियो खानेकुरा खाने प्रचलन पुरानै हो ।

खानापछि गुलियो खाने, खानामा गुलियो खाने गर्दा गुलियो खानेकुराको मात्रा बढ्न जान्छ ।

तर गुलिो खानेकुरा र दिमागबीचको सम्बन्ध निकै खतरनाक छ । भर्खरै गरिएको एक अनुसन्धानमा खानेकुराले शरीरका अंगहरुमा विभिन्न भावनाहरुको ट्रिगर गर्छ । त्यस्तै, गुलियोले भने डिप्रेशनको भावना पैदा गर्छ ।

ब्रिटिश जर्नल अफ साइकियाट्री (The British Journal of Psychiatry ) ले गरेको एक अनुसन्धानमा धेरै निर्मित र गुलियो खानेकुराको सेवनले पाँच वर्षको अवधिमा डिप्रेशन विकास गर्ने पत्ता लागेको छ ।

डिप्रेशन बढाउन गुलियो सहयोगी
चिनी दुई प्रकारको हुन्छ । एउटा सिम्पल सुगर । जुन फलफूल, तरकारी, नट्स जस्ता खानेकुराहरुमा पाइन्छ । अर्को प्रोसेस्ड सुगर । जुन उच्च क्यालोरीयुक्त हुन्छ । जुन चकलेट, ड्रिङ्ग्स, कफी जस्ता चिजहरुमा पाइन्छन् । सिम्पल सुगल खनिज, भिटामिन र फाइबरले भरिपूर्ण हुन्छ । जसले शरीरमा घुल्न धेरै समय लिने गर्छ । शरीरमा प्रवेश गरेपछि सुगरलाई कार्बोहाइड्रेले ग्लुकोजमा परिवर्तन गरिदिन्छ । त्यसपछि कोशिकाहरुलाई उर्जा दिने काम गर्छ । तर अधिक उर्जाका लागि विस्तारै विस्तारै गुलियोको लत लाग्छ । त्यसैले कम गुलियो खाँदा शरीरमा कमजोरी पैदा गर्छ । जसले भित्री रुपमा चिनी खाने इच्छा जागृत गराउँछ ।

सुगरले डोपामाइनको मात्रा बढाउँछ
जब चिनीको सेवन गरिन्छ । त्यसपछि दिमागमा डोपामाइनको मात्रा बढ्न थाल्छ । जसले मुड स्विंग, एन्जाइटी र डिप्रेशनको महसुस गराउँछ । त्यस्तै, जति धेरै गुलियो खानेकुरा सेवन गरिन्छ तब शरीरमा रासायनिक परिवर्तन सुरु हुन्छ । जसले सुगर खाने क्रेभिङ अझ बढ्छ र उक्त समयमा गुलियो खानेकुरा खान नपाएमा कर्कश, चिढचिढाहवट, चिन्ता, गम्भीर र हरेक समयमा उदास महसुुस गराउँछ ।
यस्तै, विज्ञान रिपोर्टका अनुसार चिनी सेवन गर्ने महिलामा सामान्य मानसिक विकार र तनाव हुने सम्भावना बढी हुन्छ ।

दुखाई र तनावका कारण चिनी
खानेकुराले हाम्रो दिमागी अवस्थालाई प्रभाव गर्छ । चिनीले मुड गडबढ गर्ने र तनावलाई ट्रिगर गराउने जोखिम बढी हुन्छ । जसले शरीरका अंगहरु सुन्निने गराउँछ । जसको डिप्रेशनको सम्बन्ध हुन्छ । भोक कम लाग्ने, निन्द्राको तरिका परिवर्तन गर्ने र तनाव बढाउने कारक बन्छ ।

यस्तैमा, डिप्रेशनबाट बच्नको लागि इन्सुलिनको स्तर सही राख्ननुपर्छ । यद्यपि, शरीरमा इन्सुलिनको मात्रामा उतार चढाव, मेटाबोलिज्ममा गडबढी पैदा गराउँछ । जसले तौल बढाउँछ भने अन्य विरामीहरुको शिकार बनाउँछ । यति मात्र होइन तनाव पनि बढाउने र मानसिक रुपमा चिन्तित बनाउन सुरु गर्छ । त्यसैले खानामा चिनीको मात्रा कम गर्ने र प्रोसेसड खाना खानबाट बच्नुपर्छ ।

चर्चामा

सम्बन्धित समाचार