शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षाको सम्भावना

  • शनिबार, अशोज ३, २०७७
आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा आज भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५ र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

यस्तै, सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ । त्यस्तै, राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार