शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • गौमुल गाँउपालिकामा निशुल्क डिजिटल एक्सरे सेवा

गौमुल गाँउपालिकामा निशुल्क डिजिटल एक्सरे सेवा

  • शुक्रबार, अशोज २, २०७७
गौमुल गाँउपालिकामा निशुल्क डिजिटल एक्सरे सेवा

बाजुराको गौमुल गाँउपालिकामा निशुल्क डिजिटल एक्सरे सेवा सञ्चालनमा रहेको छ । ग्रामिण क्षेत्रका बासिन्दाले एक्सरे सेवा लिनका लागि सदरमुकाम मार्तडी जानुपर्ने बाध्यता भएपछि गाँउपालिकाले एक्सरे खरिद गरेर गाँउपालिकामामै सेवा सुचारु गरेको गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।
गाँउपालिकाले गत आर्थिक बर्ष बाट शुरु गरेको थियो । मंसिर बाट सेवा सञ्चालन ल्याएको सेवा अहिले सम्म ६० जना भन्दा बढिले सेवा लिइसकेको स्वास्थ्य संयोजक हरिश बिकले वताएका छन् । गाँउमै एक्सरे सेवा सञ्चालनमा भएपछि सदरमुकाम मार्तडीमा आउनुपर्ने बाध्यता टरेको छ । जिल्ला अस्पताल मार्तडी भन्दा अन्य कुनै स्थानिय तहमा एक्सरे सेवा थिएन् । गौमुल गाँउपालिकाले डिजिटल एक्सरे सेवा गरेपछि बाजुरा स्थानिय तहमा पहिलो एक्सरे सेवा सञ्चालनमा गरेको छ ।
गाँउपालिकाले रेडियोग्राफर कर्मचारी करारमा नियुक्ति गरेको छ । सुशिला एडेलीलाइ गाँउपालिकाले कर्मचारी नियुक्ति गरेर सेवा सञ्चालनमा ल्याएको गाँउपालिकाले जनाएको छ । सामान्य एक्सरे गर्नलाई पनि मार्तडी जानु पर्ने बाध्यता थियो, एक्सरे सेवा सञ्चालनमा आएपछि गाँउपालिका बासिन्दालाई निकै सहज भएको अध्यक्ष हरि रोकायाले वताएका छन् । एक्सरे गरेपछि चिकित्सकको सेवा लिनुपरेमा रिफर गर्ने गरेका छन्, नभए यतै सेवा दिने गरेको रोकायाले वताए ।
हातखुट्टा तथा शरिरका कुनै पनि अंगमा चोट पटक लाग्यो भने एक्सरे गर्नुपरेमा यहि गर्ने गरेका छन्, । त्यस्तो अफ्ठयारो केश भएमा मात्र जिल्ला अस्पताल रिफर गरेका छौ, जस्ले गर्दा निकै सहज भएको छ, बिरामीको खर्च पनि कम भएको स्वास्थ्यकर्मी धर्म बुढाले वताएका छन् । पछिल्लो समय गौमुल गाँउपालिकाको स्वास्थ्य सेवा प्रभाबकारी बन्दै गएको छ ।
गौमुल गाँउपालिकाको स्वास्थ्य शाखा देशकै उत्कृष्ट पाँचौ स्थानमा पर्न सफल भएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । देशभरिका स्वास्थ्य संस्थामा समयमै रिपोटिङ्ग गर्ने उत्कृष्ट पाँचौमा परेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । प्रत्येक महिनाको ७ देखी १५ गते सम्म स्थानिय तहमा भएका स्वास्थ्य गतिबिधि र सेवा प्रदानको बारेमा रिपोटिङ्ग गरिसक्नु पर्ने हुन्छ, त्यो समय भित्र गत आर्थिक बर्ष सधै समयमै रिपोटिङ्ग गरेकोले उत्कृष्ट पाँचमा पर्न सफल भएको स्वास्थ्य कार्यलयले जनाएको छ । गौमुल गाँउपालिकाको स्वास्थ्य शाखाले ९७ प्रतिशत समयमै रिपोटिङ्ग र काम गर्ने गरेको पाइएको हो ।
गाँउपालिकाले नागरिकलाई दिने सेवा सुबिधा पनि अगाडि रहेको पाईएको छ । सरकारको निति निर्देशनमा रहेर जनताको सेवा गरिरहेको साथै स्वास्थ्यका कार्यक्रम र गतिबिधि समयमै गर्ने गरेको स्वास्थ्य संयोजक हरिश बिकले वताए । गाँउपालिकाको साथ सहयोगले पनि सेवा प्रबाह सँगै देशमै उत्कृष्ट पाँच भित्र पर्न सफल भएको विकले वताए । गौमुल गाँउपालिकाले देशका नाममा महिना दुइ दिन भनेर विकास निर्माणमा श्रबदान गर्ने काम गराइरहेको छ । मदिरा ब्यबस्थापन गर्नका लागि मदिरा सेवन गर्नका लागि गाँउपालिकाले मदिरा परिचय पत्रको ब्यबस्थापन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार