बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा राष्ट्रिय परिचय पत्र बितरणको थालनी

बाजुरामा राष्ट्रिय परिचय पत्र बितरणको थालनी

  • बिहिबार, अशोज १, २०७७
बाजुरामा राष्ट्रिय परिचय पत्र बितरणको थालनी

बाजुरा —  बाजुरा जिल्लामा पनि राष्ट्रिय परिचय पत्र बितरणका लागी बिहिबारबाट प्रक्रियाको थालनी भएको छ ।  बहुउपयोगी राष्ट्रिय परिचय पत्र बितरण कार्यको थालनी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालय बाजुरामा राष्ट्रिय परिचय पत्रका ब्यबस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरी सूरुवात गरिएको छ ।
सबै नागरिकका जैविक र वैयक्तिक विवरण समावेश भएको बहुपयोगी राष्ट्रिय परिचय-पत्र वितरण गर्नका लागि सो अभिमुखीकरण कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए । परिचय पत्र विवरणहरू केन्द्रीकृत रूपमा भण्डारण गरी सबै नागरिकहरूको परिचय खुल्ने र नदोहोरिने गरी वितरण गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
‘राष्ट्रिय परिचय-पत्रको निर्माणले व्यक्तिको पहिचान सम्बन्धी समस्या हल हुनुका साथै सबै नागरिकको जैविक तथा व्यक्तिगत विवरणहरू सरकारसँग सुरक्षित हुने अवस्थाको निर्माण गर्ने कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाजुराका कम्पुटर अपरेटर जया बहादुर ऐडीले बताए ।
संविधानले नेपाली नागरिकसँग नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचय-पत्र रहने परिकल्पना गरेको छ । नागरिकले सेवा माग गर्दा वा प्राप्त गर्दा सरकारले कानुनको निर्माण गरी राष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याउने तयारीका साथ राष्ट्रिय परिचयपत्र वितरण गरिने ऐडीले बताए ।

राष्ट्रिय परिचय-पत्र बहुउपयोगी राष्ट्रिय पहिचानयुक्त स्मार्ट कार्ड हो । त्यसमा व्यक्तिको नाम, तस्बिर, दुवै हातका सबै औंलाहरूको औंठा छाप, उमेर, लिंग, बाबु, आमा, हजुरबुवा, हजुरआमा, पति वा पत्नीको विवरण समावेश गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।
त्यसलाई मतदाता परिचयपत्र, व्यक्तिको राष्ट्रिय पहिचान-पत्र, जग्गा जमिन र अन्य सम्पत्तिको अभिलेखका लागि बैंक तथा वित्तीय कारोबारको अभिलेखको रूपमा समेत प्रयोग गर्न सकिन्छ । यस्तो व्यवस्था भने सरकारले क्रमशः गर्दै लैजाने जनाएको छ ।

परिचयपत्र यन्त्रले अध्ययन गर्न सक्ने गरी चिप्समा सबै विवरणहरू संग्रहित गरिन्छ । यसरी संग्रहित विवरण परिचयपत्र यन्त्र रहने सरकारी निकायबाट आवश्यक परेको समयमा परिमार्जनसमेत गर्न सकिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।

आगामी दिनमा मतदाता परिचयपत्र, सामाजिक सुरक्षा कार्ड, सवारीचालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, जग्गा धनीपुर्जा जस्ता सरकारी कागजातहरूको सट्टामा एउटै कार्ड वा कार्ड नम्बरलाई प्रयोगमा ल्याउन सकिनेछ । कोही नदोहोरिने र कोही नछुट्ने गरी स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले समान रूपमा सेवा वितरण गरी सुशासनको प्रत्याभूति दिलाउनसमेत राष्ट्रिय परिचयपत्रले योगदान पुर्‍याउने रहेकाे सहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताए  ।

चर्चामा

सम्बन्धित समाचार