शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • कसरी सुरु भयो फोनमा ‘हेल्लो’ भन्ने चलन ?

कसरी सुरु भयो फोनमा ‘हेल्लो’ भन्ने चलन ?

  • बिहिबार, अशोज १, २०७७
कसरी सुरु भयो फोनमा ‘हेल्लो’ भन्ने चलन ?

फोनमा आएको कल उठाउँदा बित्तिकै हामीले भन्ने पहिलो शव्द हुन्छ ‘हेल्लो’ । हेल्लो भनेपछि मात्र फोन गर्ने मानिससँग अरु कुराकानी सुरु हुन्छ । फोनमा सुरुमा हेल्लो भन्ने चलन हाम्रो देशमा मात्र होइन, दुनियाभर नै छ ।

आखिर फोनमा यसरी हेल्लो भन्ने चलन कसरी र कहिलेदेखि सुरु भएको होला ? यो जान्ने चाहना धेरैमा हुन सक्दछ । अलेक्जेन्डर ग्राहम बेलले टेलिफोनको आविष्कार गरेका थिए । सन् १८७६ को मार्च १० मा उनले टेलिफोनको आविष्कार गरी पेटेन्ट अधिकार लिए । टेलिफोन आविष्कार गरेसँगै सबैभन्दा पहिले उनले आफ्नो साथी वाट्सनलाई सन्देश प्रेषित गर्यो, ‘श्रीमान वाट्सन यहाँ आउनुहोस् मलाई तपाईको आवश्यकता परेको छ ।’ स्मरण रहोस् ग्राहम बेलले फोनमा ‘हेल्लो’ होइन ‘Ahoy’ शव्द बोल्दथे ।

टेलिफोनको आविष्कारपछि जब मानिसहरुले यसको प्रयोग सुरु गरे तब मानिसहरुले सबैभन्दा पहिले बोल्ने वाक्य थियो, Are you there ? तपाईले मलाई सुनिरहनु भएको छ ? भन्ने अर्थको उक्त वाक्य बोल्नुको कारण चाहिँ आफूले फोनमा कुरा गरिरहेको व्यक्तिसामु आफ्नो आवाज पुगेको छ कि छैन भनेर थाहा पाउनु नै थियो ।

एकपटक थोमस एडिसनले Ahoy शव्द गल्ती सुनेछन् । त्यसपछि सन् १८७७ मा उनले हेल्लो भन्ने शव्द बोल्ने प्रस्ताव राखे ।

उक्त प्रस्ताव पास गराउनका लागि थोमसले पिट्सबर्गको सेन्ट्रल डिस्ट्रिक्ट एण्ड प्रिन्टिङ्ग टेलिग्राफ कम्पनीका अध्यक्ष टिबिए स्मिथलाई पत्र लेखेर टेलिफोनमा पहिलो शव्द हेल्लो बोल्नुपर्ने उल्लेख गरेका थिए । त्यसपछि उनले गरेको पहिलो फोनमा हेल्लो शव्द बोले ।

अक्सफोर्ड अंग्रेजी शव्दकोषका अनुसार हेल्लो शव्द पुरानो जर्मन शव्द ‘ह्यालो’ वा ‘होल्लो’बाट आएको हो । उक्त शव्द पुरानो फ्रेन्च वा जर्मन शव्द ‘होला’ बाट आएको हुनसक्छ । ‘होला’को अर्थ ‘कस्तो छ ?’ भन्ने हुन्छ ।

–एजेन्सी

चर्चामा

सम्बन्धित समाचार