बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुरा कर्णाली नदिको किनारमा बेबारिसे शव फेला

बाजुरा कर्णाली नदिको किनारमा बेबारिसे शव फेला

  • बुधबार, भदौ ३१, २०७७
बाजुरा  कर्णाली नदिको किनारमा बेबारिसे शव फेला
सांकेतीक तस्बीर

बाजुरा —  बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा न २ बस्केना नजिकै बेबारिसे शव फेला परेको छ । जगन्नाथ गाउँपालिका वडा न २ मा पर्ने बस्केना नजिकै रहेको कणर्लीमा सो शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन । शव  कसको हो कहाँको हो भन्ने कुराको पहिचान नभएको प्रहरी निरीक्षक ठगुन्नाले बताएका छन । प्रहरीको टोली लाश भएको ठाउँमा गएको छ ठगुन्नाले बताए । दिउसो स्थानीयले देखेपछी प्रहरीलाई खवर भएको र प्रहरी सो ठाउँमा गएको ठगुन्नाले बताएका छन । लाशकाे सनाखत हुन बाकी रहेकाे प्रहरी निरीक्षक ठगुन्नाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार