शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • मानअधिकारको रक्षा गर्न मानव अधिकारकर्मीको आग्रह

मानअधिकारको रक्षा गर्न मानव अधिकारकर्मीको आग्रह

  • मङ्लबार, भदौ ३०, २०७७
मानअधिकारको रक्षा गर्न मानव अधिकारकर्मीको आग्रह

बाजुरा — मानव अधिकार रक्षक संजाल बाजुराले मानअधिकारको रक्षा गर्न आग्रह गरेका छन । जिल्ला प्रशासनमा बुझाएको ज्ञापन पत्रमा सो कुराको उल्लेख गरिएको छ । पछिल्लो समयमा जिल्लामा भएको बिभिन्न घटनाहरुलाई जोड्दै मानव अधिकारको रक्षा गर्न जिल्ला प्रसासनले महत्वपुुणर् भुमीका खेल्नुपर्ने बताएको छ ।
संजालका अध्यक्ष निमेन्द्र शाही र सचिव कृष्ण अधिकारीको सयुक्त हस्ताक्षेरीत बिज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ । कोभिड-१९ को संक्रमणले थिलथिलो बनेको बिश्वको मानव सभ्यतामा नेपाल अछुतो रहन सकेन त्यसमा बाजुरा अछुतो रहने कल्पना अभैm बाहिरको कुरा हो । बाजुरा जिल्ला आफ्नो कारणले भन्दा पनि बाहिरबाट जिल्ला भित्रीने मान्छेका कारण बढी खतरा रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसै गरी समुदाय स्तरमा हाम्रो जिल्लामा कोरोना अहिले सम्म फैलिन पाएको छैन र फैलिन नदिन सुरक्षा अपनाउन आग्रह समेत गरीएको छ ।

मानवअधिकार रक्षक संजाल बाजुराले बुझाएको ज्ञापन पत्र जस्ताको तस्तै

मानव अधिकार रक्षक सञ्जाल
जिल्ला शाखा बाजुरा

                                                                            ज्ञापन-पत्र                                                           मितिः ३०, भदौ २०७७

श्री प्रमुख जिल्ला अधिकारी ज्यू ,
जिल्ला प्रशासन कार्यालय
मार्तडी बाजुरा ।

कोभिड-१९ को संक्रमणले थिलथिलो बनेको बिश्वको मानव सभ्यतामा नेपाल अछुतो रहन सकेन त्यसमा बाजुरा अछुतो रहने कल्पना अभैm बाहिरको कुरा हो । बाजुरा जिल्ला आफ्नो कारणले भन्दा पनि बाहिरबाट जिल्ला भित्रीने मान्छेका कारण बढी खतरा रहेको कुरा हामी सबैमा अवगत नै छ । यसै परिस्थिीमा पनि जिल्लाले अपनाएको सुरक्षा व्यवस्थाको उच्च सम्मान गर्न जरुरी छ। समुदाय स्तरमा हाम्रो जिल्लामा कोरोना अहिले सम्म फैलिन पाएको छैन।
कोरनाको कहाली लाग्दो परिस्थितीमा पनि नागरीक संगठनहरुको प्रतिनिधीमुलक साझा यस सञ्जालले लामो समय देखी मानवधिकारका पक्षमा वकालत गरीरहको कुरा यहाँलाई अवगतनै छ । त्यही क्रममा यस जिल्लामा मानव अधिकार र त्यससंग सम्वन्धित जिल्लामा भएका घटना र त्यसको सुधारका लागि हामीले आवाज उठाउँन जरुरी देखेका छौ । मानवलाई मानवीय मूल्य र मर्यादाका साथ मानव भएर बाँच्नका लागि नभई नहुने न्यूनतम आधारभूत अधिकारहरुको संग्रह नै मानव अधिकार हो । बिश्वव्यापी मान्यतालाई शिरोपर गरी हाम्रो संविधानले मानव अधिकारहरुलाई मौलिक हकको रुपमा ब्यवस्था गरिएको छ त्यसैले जिल्लामा भएका गतिबिधि नियम र नितीसंगत तरीकाले अगाडी बढ्दा नागरीकले आफ्नो अधिकार पाएको र राज्यको उपस्थितीलाई अनुभुती गर्न पाउँन भन्ने उदेश्यले हामीले यस कार्यालय मार्फत निम्न बुदाहरुमा ध्यानार्कषण होस् भनी यो ज्ञापन पत्र बुझाएका छौं ।

१.लकडाउनलाई ब्यवस्थापन गरी जिल्लामा प्रबेश गर्ने नाकाहरुलाई ब्यवस्थित र तथ्याङ्कगत रुपमा चुस्त दुरुस्त राख्नु पर्ने ।
२.यस जिल्लाका जनताको खाद्य अधिकार सुरक्षा गर्नको लागि खाद्य ब्यवस्थापन तथा ब्यापार कम्पनी लिमिटेडका डिपोहरुमा तत्काल स्थलमार्गबाट आपुर्ति गर्न ढिलाई भएका कारण हवाई माध्यामबाट आपुर्ति गर्नुपर्ने ।
३ बाजुराको सदरमुकाम जोड्ने साँफे मार्तडी सडक खण्डमा सडक डिभिजन कार्यालयले तिब्र गतिमा काम नगरेकोले चाँडो कामगर्न निर्देशन दिने र मार्तडी-कोल्टी सडक खण्ड र जिल्लाका अन्य ग्रामीण सडकहरुमा आएका पहीरो हटाउने कार्य नभएको हुँदा सम्वन्धित कम्पनी र स्थानिय तहलाई समय मै कार्य थालनी गरि आवत जावत तथा सामग्री ढुवानी लाई सहज गर्नपर्ने ।
४.साँफे मार्तडी सडक खण्डका बिच बिचमा चल्ने गाडीले महंगो भाडा असुल्ने गरेकाले नियम अनुसारको भाडा कार्यान्वय गराउँनु पर्ने ।
५. जिल्लाका स्थानिय बजारमा खाद्य बस्तु र अन्य समानहरुमा मुल्यबृद्धि गरेको भन्ने जनगुनासो आएकोले त्यसलाई ब्यवस्थापन गराउँनु पर्ने ।
६. बुढीगंगा नगरपालिकाका केही वडामा सामाजिक सुरक्षा भत्ता र बुढीनन्दा नगरपालिकामा स्वास्थ्य संस्थामा प्रशुती सेवा लिनेलाई गत बर्षको यातायात खर्चबाफतको रकम बितरण नगरेकोले त्यो उपलब्ध गराउँन पहल गर्नुपर्ने ।
७. जिल्लाका दिर्घरोगिहरुलाई औषधिको उपलब्धतामा समस्या आएको हुँदा त्यसको ब्यवस्थापन मिलाईनु पर्ने ।
८. जिल्लाका नौवटै स्थानिय तहमा संचालिन योजनाको सार्बजनिक सुनुवाई र सामाजिक परीक्षण नगरी भुक्तानी लिने गरेको र डोजरले काम गरेर मान्छेले रकम पाएको बिल बनाउँने गरेको पाईएको छ त्यो रोक्न तत्काल पहल गरीनु पर्ने ।

चर्चामा

सम्बन्धित समाचार