बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कला /साहित्य
  • सुरेशकुमार पान्डेकाे गजल (गरीब लाई त सदैभरी अनिकाल)

सुरेशकुमार पान्डेकाे गजल (गरीब लाई त सदैभरी अनिकाल)

  • सोमवार, भदौ २९, २०७७
सुरेशकुमार पान्डेकाे गजल (गरीब लाई त सदैभरी अनिकाल)

गरीब लाई त सदैभरी अनिकाल आउँछ,
देशमा सदियौँ देखि प्रतेक साल आउँछ।

धनीहरुले त्यो पनि बेच्न थाल्छ नडराई,
जस्तै अन्तबाट अनुदान त्रिपाल आउँछ।

गरिबहरुले जन्माए हुर्काए छोरा र छोरी,
खानकै लागि बनेर धनीकै ढाल आउँछ।

मज्दुरी गरेर पनि सुखःछैन परदेशीलाई,
पसिनाको परिणाम नि बुराहाल आउँछ।

आर्काको रक्षक बनेर गेटकुर्ने हरुको नै,
सदै संकटमा आफ्नै ज्यानमाल आउँछ।

देशैभरी गरिब र बेरोजगार छन तर पनि,
थोरै जस्तापात कसैलाई प्रखाल आउँछ।

जनताले पनि बुझ देशको राज नीति ता,
चुनावमा भात मासु फाला फाल आउँछ।

चर्चामा

सम्बन्धित समाचार