शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • अमेरीका बस्ने दिदीबहिनीले बाढीपिडित लालि महतकाे घर निर्माणमा सहयाेग

अमेरीका बस्ने दिदीबहिनीले बाढीपिडित लालि महतकाे घर निर्माणमा सहयाेग

  • शुक्रबार, भदौ २६, २०७७
अमेरीका बस्ने दिदीबहिनीले बाढीपिडित लालि महतकाे घर निर्माणमा सहयाेग

नेपाल घर भइ हाल अमेरीका बस्दै आएका नेपाली दिदीबहिनीले बडिमालिका २ घागरमा बाढीपहिराले घर जग्गा गुमाएकि एकल महिला लालि महतकाे घर निर्माणमा सहयाेग गरेकि छन् । बाढीपहिराेले घरबार बिहिन बनेकी लाली महतकाे अस्थायि घर निमार्णका लागि ३६ हजार ४ सय १५ सहयोग गरेकाे बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले वताएकि छन् ।

लालि मतहको घर निर्माणका लागि टिन किनेर सहयाेग गरिएकाे थियाे । गाँउले निर्माणमा सहयाेग पछि लालि महतकाे अस्थायि घर निर्माण भएकाे छ । उनका दुई छोरा र उनि कैलाश आधारभुत स्कुलमा बसिरहेका थिए । घर निर्माण पछि खुशि हुदै लालि महतले सम्पुर्ण सहयाेगिलाइ धन्यवाद दिएकि थिइन् । लालिका श्रीमानको घरमा लडेर मृत्यु भएको थियो । उनका सम्पत्तिका नाममा एक आना जग्गा समेत छैन् । सहयोग अमेरिका बस्ने जानकी न्यौपानेले  बिजु पौडेल, कबिता ढकाल भट्टराई, आरति खडकाले, चन्द्रमा पाठकले र प्रतिमा ढकालले ७० हजार बाजुराका बाढिपिडित लागि भन्दै सहयोग गरेकी हुन् । त्यहि रकम बाट लाली महतलाइ घर निर्माणमा सहयाेग गरेकाे आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराकी कार्यलय प्रमुख दिक्षा भण्डारीले वताएकि छन् ।

२५ हजार गाैमुलका बाढिपिडतलाइ गरीएकाे थियाे भने बाँकि रहेकाे रकम दुखि गरिब तथा पिडितलाइ सहयाेग गर्ने भण्डारीले वताइन् ।हाम्रो सानो सहयोगले पिडामा परेकालाइ मलम लगाउने काम होस भनेर सहयोग गरेको चन्द्रमा पाठकले वताएकि छन् । दिबिहिनी मिलेर सहयोग गरेको हौ, आगामि दिनमा पनि दुखिपिडितलाई सक्दो सहयोग गर्ने उनले वताएकि छन् ।

बाजुरामा असार यता बाढि र र पहिरामा परेर १ जना बेपत्ता भएका छन भने ३ जनाको मृत्यु भएको छ । ७१ परिवार पुर्ण रुपमा बिस्थापित भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । बुढिगंगा नदिले १ बेलिबिज्र र ५ वटा झोलुङ्गे पुल बगाएको थियो, भने नदि किनारमा रहेका खेत जग्गा बगाएको थियो । त्यस्तै ताप्रिसेरामा आएको बाढिले ताप्रिसेरामा आएको पक्की पुल बगाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार