शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रजातान्त्रिक विचार समाजकोे परिचयात्मक कार्यक्रम सम्पन्न

प्रजातान्त्रिक विचार समाजकोे परिचयात्मक कार्यक्रम सम्पन्न

  • बुधबार, भदौ २४, २०७७
प्रजातान्त्रिक विचार समाजकोे परिचयात्मक कार्यक्रम सम्पन्न

दयाराम पण्डित / बाजुरा २४ भदौ– लोकतान्त्रिक विचार समाज नेपालको परिचयात्कम कार्यक्रम सम्पन्न भएको छ । शुदुपश्चिम प्रदेशका नौ ओटै जिल्लाका शाखा अध्यक्ष एबं पदाधिकारी बीच बुधबार विहान भएको जुम बैठकमा महामानव विशेश्वरप्रसद कोइराला को १०७ औं स्मृती दिवसको कामना गर्दै बैठक सम्पन्न भएको हो । बैठकमा एक आपसमा परिचयात्मक तथा संस्थाको भावी कार्यनीतिकाबारे छलफल भएको लोकातान्त्रिक विचार समाज नेपालका सुदुपश्चिम संयोजक एबं बाल्मिकी क्याम्पसका प्राध्यापक डाक्टर लक्ष्मीराज पण्डितले जानकारी दिनुभयो ।
लोकतन्त्रको पक्षमा नीतिगित पैरबी गर्न र विपी कोइरालाको समाजवादी अर्थनीतिलाई दिशार्निशकका रुपमा लिन लोकतान्त्रिक दललाई एकताबद्ध गराउन उत्त समाजको मुख्य उद्येश्य रहेको जुमबैठकको संयोजनकर्ता  पृथ्बीनारायण क्याम्पसका प्राध्यापक तथा गण्डकी प्रदेश स‌योजक डाक्टर अक्लदेब मिश्रले जानकारी गराउनुभयो । “बर्तमान सरकारवाट यतिवेला हरेक क्षेत्रमा ज्याजतिका घटना भैरहेका, भ्रष्टाचारमा लुप्तरहेको , स्वतन्त्र संबैधानिक निकाय तथा स्वतन्त्र संस्था लगायत प्रेस जगतमा हस्तक्षेप गरेको , निर्मला काण्ड लगायतका तमाम मानव अधिकार हननका घटनामा दोषिलाई कार्वाही गर्नुको सट्टा सरकारी सम्यन्त्र नै दुरुपयोग गरेको अरोप लगाएका छन् । यसको खवरदारी गर्न आवस्यक रहेको प्राध्यापक डाक्टर मिश्रले बताउनुभयो । यो समाजमा प्रध्यापक, डाक्टर, वकिल, इन्जिनियर, पत्रकार, स्वास्थ्यकर्मी , कलाकर्मी लगायतका पेशाकर्मी संलग्न छन् ।
हिजो सत्तामा नपुुग्दा नेपालका कम्युनिष्टहरुले “संसदीय थलो कुकुरको मासुुराख्ने अनि खशीको मासु भनेर बेच्न रमाउने भन्दै उछिटो काट्दथे । अहिले तिनै कम्युनिष्टहरु आफै संसदीय सर्वोच थलोमा पुुगरे झुट र लुटतन्त्र मचाइ रहेका आरोप लगाउदै लोकतन्त्र प्रेमी नागकिले खवरदारी गर्न आवस्यक रहेको बैठकका सहभागीले वताएका छन् ।
बैठकमा डोटी क्याम्पसका प्रमुख दिलानन्द जोशी, अधिबक्त एबं प्राध्यापक देवराज अवस्थी । प्राध्यापक जगन्नाथ जोशी प्राध्यापक लक्ष्मीदत्त भट्ट लगायतका ब्यक्तीत्वले जुम प्रविधी प्रयोग गर्दे शुुभकामना दिनुुभएको थियो ।।
परिचयात्मक बैठकमा प्रजातान्त्रिक विचार समाज वाजुरा शाखा अध्यक्ष दयारम पण्डित , दार्चुल्ला अध्यक्ष दुुर्गादत्त भट्ट, डोटीबाट टिकाराम फुलारा, बैतडीबाट मानवहादुर चन्द, डडेलधुरा पुुष्पराज जोशी, बञ्चनपुर भोजराज जोशी, बझाङ्ग मोहनराज बजाल, अछाम संकरवहादुर रावल र कैलालीवाट अध्यक्ष बेदप्रकाश जोशी लगायतका पदाधिकारीले मन्तब्य राखेका थिए । बक्ताहरुले लोकतन्त्रको संस्थागत विकास र लोकान्त्रिक आचारणअनुसार नेताहरुलाई निर्देशित गर्न यो संस्था क्रियासिलरहने वताएका छन् । बैठकमा बाजुरा शाखाका उपाध्यक्ष एवं बुडीगंगा क्याम्पसका प्राध्यापक नरवहादुर कटुवाल समाजका वरिष्ठ सदस्य एबं जनप्रकाश मावि कोल्टीका प्राचार्य अनोजराज गिरी लगायतका सुदुरपश्मि प्रदेशका नौ ओटै शाखा अध्यक्ष उपाध्यक्ष सचिव ,कोषध्यक्ष पदाधिकारी सदस्हरुको उपस्थिती थियो ।
२०५२ सालमा जिल्ला प्रशासन कार्यलय काठमाण्डैंमा दर्ताभएको उक्त संस्था हाल देशका ६८ जिल्लामा विस्तार भएको छ। यो संस्थाले लोकतन्त्र र मानव अधिकारका पक्षमा काम गर्ने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार