बिहिबार, बैशाख १३, २०८१

गजल!

  • शुक्रबार, भदौ १९, २०७७
गजल!

मेरा गुरु ता मैले खाए का ठोक्कर भए,
त्यहि जीवनकै अँघि पछिका डगर भए।

हिँजो जस्ले तिरस्कार गर्दथ्यो ह्यापथ्यो,
अँगालोमै हाल्न आतूर त्यही सहर भए।

हो य्ँहा सम्म पुराउँने बिषालु बचन हरु,
मेरो जिवन सफरमा नै ठुलो असर भए।

भोगे का एक एक घटना बसे छाति मा,
रचनाका श्रोतनै बेसक तिनै कभर भए।

अन्धकार थियो कुनै निकाश नी नहुँदा,
आज ता ती अन्धकार पनि कलर भए।

लेख्दै च्यात्दै गरेका तिनै रचनाहरु का,
प्रतेक शब्दहरु यो बेला मा अम्मर भए।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार